सिन्धु स्रष्टाका साउने सिर्जना
किशमा किशोर
साउनमा लेखिने कविताको मिठास नै बेग्लै हुन्छु वर्षदिन अघि एउटा कृतिको विमोचन समारोहमा एकजना कविले भनेको सुनेको थिएँ । यो मौसममा हुण्डरी चल्दैन न गर्मी न जाडो वरण्डामा निस्केर प्रकृति नियाल्दा कविता फुरिहाल्छु उनैले भनेका थिए वास्तवमै हो रहेछ । मलाई यो प्रमाण जुटाउन सिङ्गो एक वर्ष लाग्यो ।
वर्षाले धोएर पहाड सुकिला भएका बेला
धुलो पखालिएर हरिया पात खुलेका बेला
मेरी पि्रयतमा
नजरले प्रकृति चुम्बन गर्दै होलिन्
अिन झरीले उनका अंग-अंग चुम्दै होला ।
म यसपल उत्साहित छु
ए झरी !
विन्ती तिमी ममा समाहित भई देऊ न !�
-किशमा किशोर
साँच्चै जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कविु मनसुन मौसममा हुस्सुका सेता गलैचामुनि तरुल आकारको चौताराबजार आफैमा घामको चुम्बन नपाएर ओसिलो बनिरहेछ । रवि अर्थात् घामको रापले सेक्न नपाएपनि सिङ्गो सिन्धुका स्रष्टाहरुले यो झरीको मौसममा मनसुन मस्ती मनाइरहेका छन् । रविलाई पुूर्तिसाथ छेकेर विजय जुलुस मनाइरहेको भान हुने हुस्सुले कविलाई भने छेक्न सकेन । कविको सामुन्ने विचरा निरीह हुस्सु । कविहरुको कलमबाट कविता फुर्ने उर्वर मौसम हो- मनसुन । मनसुन अर्थात् यो साउन महिनामा लेखक कविहरु त्यसै-त्यसै रोमान्टिक हुन्छन् उत्साहित हुन्छन् । पानीको स्पर्शले आनन्दित भई लजाइरहेको स-साना बिरुवाका पातहरु वास्तवमा आफैमा कविता हुन् किनकि कविका आँखाले देख्ने हरिया पात र पानीका थोपा बीचका रंगीन रोमान्स वास्तवमै नवयौवना प्रेमजोडीका लागि आङ सिरिङ्ग गर्ने खालका हुन्छन् । त्यतिबेला कविभित्र कवित्व जागेको हुन्छ ।
साउने झरी
अविराम आँखाले
आँसु झार्दछ ।
मानो रोपेर
मुरी उमार्ने वीर
कृषक जय ।
- अमित घिमिरे
साउनमा कविता लेख्नुहुन्छ किन नलेख्नु मज्जाले लेखिन्छ । हज्जारौं कविताका स्रष्टा अमित घिमिरेले मुस्कुराउँदै भने अरु समयमा त लेखिन्छ यो त झन् मनसुन मौसमु सिर्जनाकार अमित सिर्जनामा अब्बल छन् । उनी बहुमुखी सर्जक हुन् । चित्रकलामा समेत आफ्नो दख्खलता प्रदर्शन गरिसकेका उनी कवितामा मात्र नभई मनसुन मौसमले चित्र कोर्नमा पनि निकै सहयोग पुर् याउने बताउँछन् । प्रकृतिलाई आफ्नो अधिनमा राखी मिठो शैलीमा कविता कुद्ने घिमिरेको सिर्जनाहरुमा शव्द संयोजन पक्ष बलियो देखिन्छ । साउने सेरोफेरोमा रचिएका उल्लेखित हाइकू सिर्जनाले उनका अब्बलता प्रमाणित गराइदिएको छ ।
सुनकोशीले ओढेको तँुवालोको पर्दा उघार्दै
समयको मीठो फसल खोज्न
हृदयका गराहरुमा
छुपुछुपु धान रोपिरहेछ साउन ।
- सुन्दर शिरीष
वास्तवमै कविता सिर्जिन गाह्रो हुन्छ । सिर्जनाकारमा विषयगत ज्ञान सीप र क्षमता हुनुपर्छ । यसैले होला सदरमुकाममा औंलामा गनिने सकिने मात्र साहित्यकार तन मन र वचनले साहित्यप्रति समर्पित भएर सकि्रय छन् । कवितामा विम्वको प्रयोगले शव्द केलाएर खेलाउन सक्नुपर्छ । कवि सुन्दर शिरीषको कविकारिताभित्र पाठकलाई अल्मलाएर मिठा भाव हेर्नसक्ने क्षमता हो । मध्य साउनमा किसानहरु रोपाईको चटारोमा व्यस्त भइरहँदा त्यही दृष्यलाई नजरपान गर्दै रचिएका यिनका कविताका यी हरफले साँच्चै सिन्धुसाहित्यको खडेरीमा विउको जोहो गरेको छ । कवि शिरीष आपुूलाई रोपाईको दृष्य साह्रै रमाईलो लाग्ने बताउँछन् । ुहिलोभित्र लठ्ठारिएर लाठे रोपहार र हलीको मधुर कोलाहल आहा ! उनी आकाशतिर हेर्दै मुसुक्क हाँसे ।
आज एकाविहानै एक झर पानी पर् यो
दिउँसोतिर पनि उसै भो
साँझ पर्नै लाग्दा अर्काे एक झर भीषण वर्षा भो ।
पहिलो झर पानीले मेरो अतित बगायो
दोस्रो झर पानीले वर्तमान
र
तेस्रो झरको भीषण वर्षाले मेरो भविष्यलाई चुनौती दिएर गयो
अन्ततः मैले फैसला गरेँ
साउन जिउँदा लाशहरुको शून्य मसानघाट बन्दैछ ।
-सुरेश बुढाथोकी
कविता शव्दै कति सुन्दर छ । सायद स्त्रीलिङ्गी शव्द भएर होला जिल्लामा ठाउँको ठाउँ तुरुन्तै कविता फुराएर वाचन गर्नसक्ने अद्भूत क्षमताका कवि सुरेश बुढाथोकीले पंक्तिकारको आग्रह भूँईमा झर्न नपाउँदै भने । कालो ज्याकेटको भित्री गोजीबाट कविको कलम निकालेर सेता पन्नामा आफ्ना कला पोख्न थालिहाले । भनिन्छ कविता हरमानवको अमूर्त जीवन हो । कविताले भूत भविष्य र वर्तमानको सजीव चित्र कोर्छ । कवि बुढाथाकीको प्रस्तुत कविताले त्यही भाव बोकेको छ । किस्तावन्दीमा वर्षेनी पानीको झर्झरलाई कलात्मक शैलीले आफ्नो जीवन आफ्नो भविष्यसँग तुलना गरेका छन् । अनि फैसला पनि । समग्रमा कविता मार्फत् कवि सुरेश बुढाथोकीले आफ्नो कला र क्षमता दर्शाएका छैनन् । आफ्नो भोगाईलाई वास्तविकतामा परिवर्तन गर्दै आफ्नो चेतनाले भ्याएको श्रावणको परिभाषासमेत उल्लेख गरेका छन् ।
साउने झरीमा रुझ्दै रुझ्दै
धाँजा फाटेझैं चिरिएका पैताला टेकेर
मेरी आमा झार उखेलिरहेछिन्
मेरो सुन्दर भविष्य बनाउन
सानु मंसीरमा म तिमीलाई िभœयाउँछु है
-दिल कार्की
कविता चियाको चुस्की लिँदै कवि दिलबहादुर कार्कीले उल्टै मलाई प्रतिप्रश्नको भाव तेसा्रएर बोलिहाले । उनको अनुहारको चमकले के बोल्यो मैले ठम्याउनै सकिन । जिल्लाका साहित्यकारहरुमा छन्दोवद्ध लयमा मिठो कविता वाचन गर्ने कार्कीले मनसुनको कविता भने गद्यमा लेखेका रहेछन् । प्रतिकात्मक कविता लेख्न माहिर कवि कार्कीको कविताले आमपाठकलाई एक पटक सोच्न बाध्य बनाउँछ । कारण कविताका द्विअर्थी भाव ।
उनलाई सम्झेर म टोलाई रहँदा
मेरा आँखामा आँसु झरिरहेको थियो
प्रकृति मसँगै रोई रहेको थियो
सावन बनेर
-विजय नेपाल
सुनेकै हो प्रेममय कविताले हर मान्छेको जीवन झल्काउँछ । त्यसमाथि पनि प्रकृति चित्रण । वास्तवमा श्रृङ्गारिक भावका कविता नै कालजयी हुन्छन् । त्यही कविताले शिखर चुम्छ कविताको सीमारेखा तोड्छ । राम्रो अति राम्रो झन् राम्रो उत्तम अति उत्तम सर्वोत्तम पंक्तिकारको अनुभवको आधारमा प्रेम प्रणयभावमा रचिएका कविता नै झन् राम्रो अनि सर्वोत्तम हो । प्रेमका कविताले मान्छेको जीवनमा उत्साह थपिदिन्छ । कवि विजय नेपालका कविताका हरफहरुले बोलेकै प्रकृति साउन बनेर रोइरहँदा जोकेही पनि आफ्नो प्रेममा डुबुल्की मार्न पुग्छन् । जस्तो कवि स्वयम् पहिलो हरफमा निर्धक्क खुलेका छन् ।
साउने झरीमा तन त धेरै रुझ्यो किन किन मन रुझाउनै सकिन
सायद सपनाको कुरा गरेँ किन किन तिमीलाई आफ्नो बनाउनै सकिन
- महेश शर्मा
आखिर मान्छे न हो । इच्छा चाहना अनेक हुन्छन् । जीवनमा एकचोटी आउने वैंशको भेल थुन्न साह्रै गाह्रो हुन्छ । वैंशमा कालो अजङ्गको कुरुप ढुङ्गालाई पनि अंगालो हालुँ जस्तो लाग्छ रे ! आखिर मन त हो एकातिर बहकिहाल्छ । कवि महेश शर्माले तन र मनका कुरा आफ्नो सिर्जनामा अभिव्यक्त गरेका छन् । साउने झरीका कविता वाक्य पूरा नहुँदै पंक्तिकारलाई बिट मार्दै उनी निवासतिर हान्निए । लौ रफ मात्र हो फेयर गरेको छैन । दुई तीन टुक्रा कविता हातमा थमाइदिए । त्यसपल उनको मुहारमा खुसीका रेखाहरु सल्वलाएको पंक्तिकारले प्रष्टै देखेकै हो । भर्खर कवितामा हात बसाउन लागेका कवि शर्माले आफ्नो सिर्जनाका भावहरुबाट प्रेमिकालाई चोर्ने कोशिस गरेका छन् । र कवितामार्फत् पश्चाताप व्यक्त गरेका छन् उनलाई आफ्नो बनाउन नपाएकोमा । उनको मन रुझाउन नपाएकोमा । जे होस् उनका कविताले साउनलाई प्रतिविम्वित गरेको छ ।
साउने झरी झरझर
किसानको पसिना बरबर
नेताको बोली हरपल
यस्तै छ देश साउन र किसानको अवस्था
-विमल नेपाल
कविता म भन्दिउँ त कवि विमल नेपालले फोनबाटै कविता भन्ने साहस गरे । कविता कस्तो चाहिने हो सोल्टी उनले आत्मीय भाव प्रष्फुटन गरे । मनसुनको कविता मेरो प्रतिउत्तर उनले बुझिहाले र तुरुन्तै भनिदिए तीन लाईन कविता । कवि नेपाल जिल्लामा छुट्टै पहिचान बनाएका कवि हुन् । विशेष गरी प्रेम र यौनको बारेमा कलम चलाउने हुनाले मैले पनि त्यही आशा गरेको थिएँ । तर आशा निराशामा…। यौनको विभिन्न घटनाक्रमलाई सशक्त ढंगबाट साहित्यमा उतार्ने कवि नेपालका प्रायः रचनाहरु विवादास्पद पनि हुने गरेका छन् । पाठकका नजर बेग्लाबेग्लै । उनी प्रायः यस्तै छोटो प्रतिकि्रया दिन्छन् । वास्तवमा साहित्यमा यौन जरुरी छ । यौनका साहित्यहरुलाई अश्लिल भन्नेहरुपनि नभएका होइनन् किनकि प्रेमविना संसार चल्दैन । प्रेममा यौन पनि हुन्छ । तर साहित्यमा अश्लिलता हुनु हुँदैन ।
