उपहार तिमीलाई आँसु पठाईदिएको छु
हाँसो त मसँग छैन अहिले
दुःखी म आफैं भएको छु
उपहार……।
सन्देश मेरो सदा पुगिरहोस् सधैं तिमीमा
विस्मातका छाँया नपरोस् कहिल्यै तिमीमा
स्वागत गरोस् तिमीलाई यहाँ फूलहरुले
काँडा तिमीलाई विझाउन सक्छ
त्यसको स्पर्श तिमीमा रहोस्
उपहार……।
सपना मेरो सबै उडिदियो आज हावासिर
माया मेरो तिमी याद आउँछौं अझै छातीभिर
बिसुर्ं म कसरी तिमीलाई एकान्तमा सम्झी बस्छु
आँखामा यो आँसु बगिदिन्छ
चिसो अभागी यो रातमा
उपहार……।
