तिमी सच्चा सर्जक बन्नु


किशमा किशोर
पि्रय गौंथली
हिजो मात्र मैले तिम्रो मेल पाँए । यसपालीको ईमेलमा साँच्चै तिमीभित्र आत्मियतापूर्ण प्रेम व्यवहार भेटिन । कुनै नराम्रो सपना देखेर ब्यूँझेको जस्तै भएँ । के थाहा मलाई ! यी जीवनका पथहरुका घुम्ती जति काट्यो उति नै जटिल र कण्टकमय हुन्छन् भन्ने कुरा ! म एकैचोटी रित्तो बगरमा पुगे जस्तै भएँ । साँच्चै ! एकदमै विपरित थिएँ तिम्रा कुराहरु । जुन मैले सोच्ने फुस्रद नै पाएको थिईन । यो रोमािाचत शरिर हर्षविभॊर मन अनि उल्लासमय जीवनमा एकैचोटी सुनामी ल्याईदियो तिम्रो ईमेलले अनि सोँचे अब प्रत्येक पाईलामा सम्हालिएर हिड्नुपर्ने दिनहरु मेरा प्रतिक्षामा रुमलिईरहेका छन् । गौँथली तिमी मसँग सधैं प्रेम र जीवनका कुराहरु मात्रै गथ्र्याै । प्रेम र जीवनको सम्बन्धबारे घण्टौ सम्म बहस गथ्र्यौ । एकचोटी सम्झ त ! तिमीले नै भनेकी होईनौ संसार प्रेममय छ हरेक प्राणीले धर्तीमा पाईला टेक्नासाथ प्रेम खोज्दछचाहे त्यो आमाको वात्सल्यमा होस् चाहे दिदीभाईको स्नेहमा होस् साथीभाईको प्रेममाआफन्तको मायामा या पे्रमी-प्रेमिकाको न्यानो आलिङ्गनमा होस् । प्रेम बिना कोही बाँच्न सक्दैन । प्रेमको भाव सधँै अमर हुन्छ । तर आज पृथ्वी उल्टे झैं लाग्यो । सूर्य पनि पश्चिमबाट उदाएझैं लाग्दैछ तिम्ाी आफै प्रेमको बिषयमा आदर्शका कुरा गथ्र्यौ । आज त्यही प्रेमको कारण त्यही प्रेमको बिषयलाई आधार बनाएर मलाई जर्बजस्त नङ्ग्याउने कोशिश गरेकी छ्यौ । यसैबेला मैले जानी नजानी अतित सम्झिएँ र आफुलाई थाम्न सकिन आँखाबाट निरन्तर आँसुको भल्का निस्कियो अनि आफैलाई सम्झाउने कोशिश गरें । आँसु दुःखपीडा र कमजोरीको लक्षण मात्र नभई वेदनाको निकास पनि होमनभित्रका भावनाहरु आँखामा तैरेको मात्र हो जसको कारण मन हलुङ्गो हुन्छ । तर मन मान्दो रहेनछ गौथली । भित्री हृदयलाई छुन पुगेका यस्ता कुराहरु बिस्रन ।
साँच्चै गौथली तिमीले ईमेलमा मेरा श्रृङ्गारिक धारमा बहेकाप्रणय रसमा डुबेका केही साहित्यिक रचनाहरु माथि चोर औला ठड्याएकी रहेछौ । त्यसैलाई आधार बनाई मेरो साहित्यिक जीवनमाथि कडा अस्त्ररुपी शब्दहरु प्रहार गरेकी रहेछौ । कुनै दिन तिमी नै साहित्यमा प्रणयभाव मीठा हुन्छन् र रचना प्रणयभावमा नै गर्दा आनन्दित हुन्छु भन्थ्यौ आज प्रणयभावमा रचना गर्ने साहित्यकारहरुलाई तिमीले स्रष्टा सर्जक भन्नु त कहाँ हो कहाँ मान्छे भन्न पनि हिच्किचाउँदीरहेछौ । जुन व्यवहारको प्रदर्शन तिमीले मै माथि प्रयोग गर् यौ । यस्ता रचयिताहरुलाई तिमी दुईदिनको रामछाँया भनेर हतोत्साहित गराउदै रहेछौ । जुन मैले पनि भोगें । पि्रय गौंथली तिमी आफ्ना २÷४ वटा रचनाहरुलाई आधार बनाई म सच्चा र निष्ठावान् सर्जक हुँ भनेर आफ्नै मपाँईत्व गाउनु तिम्रो मुर्खता शिवाय अरु केही होईन । बुझ्दै गर ! साहित्यको माध्यमबाट हरेकको भावनालाई प्रोत्साहित गर्ने समाजको ऐतिहासिक खाका कोरी भविष्यको सम्भाव्यता देखाउन सक्ने सफा चरित्रको प्रेमले स्नेहले समाज विकास गर्ने नै सच्चा सर्जक हुन्छ । तिम्रो भावना अनुरुप नै तिम्रो मुल्याङ्कन हुन्छ की तिमी कुन कोटीकी साहित्यकार हौ । गौथली मान्छे सबै परिवर्तन नै चाहन्छन् । जुन तिमी पनि चाहन्छौ तर परिवर्तनको नाममा परम्परागत धारलाई सिधैं लात हान्नु तिम्रो भूल हो । भन तिमीलाई यो अधिकार कस्ले दियो जथाभावी भजन गाएर म सच्चा सर्जक हुँ भन्ने सर्जकहरु वास्तवमा सर्जक नभएर चटकीले नचाएको बाँदर मात्रै हुन पुग्छन् । जब कि चटकीले उठ् भन्दा उठ्ने बस् भन्दा बस्ने र सुत् भन्दा सुत्ने हुन पुग्छन् । ऊ केवल कठपुतली मात्र हुन्छ साहित्यकार हैन । साँँच्चै भन्नुपर्दा यस्ता सर्जकहरु सर्जकका नाममा कलंकित हुन । यस्ता सर्जकहरु केवल जीवन भोग्न जन्मेका र मृत्यु भोग्न बाँचेका मात्र हुन्छन् । चेतना भएर पनि अन्धोपनका कारण असल साहित्य सर्जक बन्न सक्दैनन् उदाहरण तिमी अनि तिम्रा सँगीहरु । गौथली मलाई लाग्छ तिम्रो जत्था नयाँ जोगीले खरानी घसे झैं साहित्यमा नयाँ शैलीको प्रयोग अनि परिवर्तनको नाममा आफ्नो संस्कृति भाँड्ने पक्षमा छन् । किन गौंथली तिमीहरु आफ्नो मात्र साहित्यलाई साहित्य मान्छौं के कसैको पाउ छोएर नारा लेख्नु मात्रै साहित्य हो । तिम्रो नजरमा तिमी जस्तै आलिसान महलमा बसेर साहित्य सिर्जना गर्ने मात्र साहित्यकार हुन्छन् हैन वास्तवमा दश ठाँउमा च्यातिएर टालेको कमिज लगाएर तप्प-तप्प पानी चुहिने झुपडिमा बसेर धिपधिप मधुरो बत्तीमा जर्वजस्ती अध्ँयारो लुकाएर नेपाली भाषा साहित्यको उत्थानमा लागिपरी आफ्नो संस्कृतिको पहिचान गरेर साहित्य ओकल्नेहरु नै सच्चा सर्जक हुन्छन् गौथली । कुनै दल विशेषको नारा लेख्नेहरु होईन । म तिमीलाई फेरि भन्छु प्रेमले हर मान्छेको अन्तरहृदय छुन्छ । प्रेमका यथार्थवादी विचारद्वारा लेखिएका शब्दहरु नै शताब्दीयौंसम्म स्वर्णाक्षर बन्न सक्छन् । ईस्पातको धारिला खुँडा र खुकुरी बोकेर हामी साहित्यबाटै परिवर्तन ल्याउँछौ भन्नेहरुको कहिल्यै मूल्याङ्कन हुँदैन । तिमी दल विशेषको वादमा फसेकीछ्यौ जसले साहित्य आफ्नै वाउको विर्ता हो भन्छन् । त्यसैले गौंथली तिम्रा साहित्यहरु केही बर्षमै बुढीकन्या हुने निश्चित छ । तिमी आफ्नै घमण्डले म सच्चा सर्जक हुँ भन्छ्यौ त्यो तिम्रो आफ्नै नजरमा मात्र सिमित छ । त्ौ पनि तिमी यस्तै सच्चा सर्जक बन्नु म तिमीलाई हेरिरहन्छु । अनि हेरौंं भविष्य कस्को पक्षमा हुन्छ ।
म तिम्रो ईमेली प्रतिउत्तरमा छट्पटिईरहेको हुनेछु ।
उही तिम्रो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.