नानी संग खेल्दैछ एउटा कवि
तेलकासा र पुतली
अनि के-के भन्थिन् उनि
हो आज सानी नानी संग खेल्दैछु म
जब हामी साना थ्यौं
खेल्न पाएनौं निर्धक्क साँझमा
दुःखको भारी दौडौंदा दौडौंदै
कहिल्यै देख्न पाईएन राम्रो नाना
न कहिल्यै चाख्न पाईयो मिठो पापा
ताराबाजी लै लै भन्दै
कहाँ गाउन पाउनु विहान विहानै
कर्कश साईरनले हाम्रो मुटु
चिरीसकेको हुन्थे
निस्तेज आँखामा फेरी एक बल्छि
फ्याकेको हुन्थे माझीहरुले ।
अहिले मेरै आँगनमा
साना नानीहरु खेलीरहँदा
यो पापी बुढो मन
अंह थाम्मिनै सकेन
त्यसैले
हो आज सानी नानी संग खेल्दैछु म
अत्याचारको सगरले
जब हाम्रा साना ढाडहरुमा लादिन्थ्यो
हामि विवश थ्यौ
गधा बन्दै तर्तरी पसिना झार्दै
दारेगौंडाको उकालो चढ्न
हाम्रा साना मस्तिस्कलाई के थाहा
अन्याय अत्याचार विद्रोह शब्दको आभुषण
हामी भारी बोक्थ्यांै-बोक्नु हाम्रो धर्म हो
हामी जोतिन्थ्यौं- जोतिनु हाम्रो कर्म हो
त्यै सिकाईन्थ्यो साँझ बिहान
चौविसै घण्टा
त्यसैले त आजकाल म
ठेला बसेको हातले
पिडाले बाक्लिएको हियारले
न्याय विद्रोह र समानताको पाठ पढाईरहन्छु
अधिकारको आवाज उठाईरहन्छु
हो त्यसैले हो
आज सानी नानी संग खेल्दैछु म
