सिन्धुकी सिन्धुकला

भर्खर
प्रकृतिले रुप फेरेकी छे
हरिया डाडाहरु
पूर्णरुपले खुइलिएका छन्
बशन्त मारेर शिशिर रमाएको छ
सिगै सिन्धु बस्ती सुनसान देखिन्छ
कारण
आजसिन्धुकी सिन्धुकला परास्त भई
समय सँग ।

मनै भरि परिवर्तनको चाहना
आँखा भरि विजयको रहर बोकेर
यहि सिन्धु बस्तीमा
कयौ वशन्त विताइ उसले
न गि्रस्मको लप्को भन्थी
न शिशिरको ठण्डी
निरन्तर एकै नाशले
अत्यास लाग्दो वर्तमान सँग
कहाली लाग्दो समय सँग
लड्थीजुध्थी र जित्थी सँधै
औशीको एउटा कालो जून ।

एकपट्टि बाँध्दा
अर्काेपट्टि खुस्किने
उसको जिन्दगीको
हिसाब कहिल्यै मिल्दैन थियो
त्यसैले त कहिलेकािह
उ आफ्नै आँखाबाट
सुनकोशी र इन्द्रावती बगाउँथी
मौनताको पर्खाल भित्र ।

साच्चै मैले
ऊ मुस्कुराएको कहिल्यै देखिन
आफ्नो मुस्कान फर्काउन
गौरतीमा भाकल राख्थी र रुन्थी
हरेक दिन उसको आगमनमा
ओख्रेनी डाडा रमाउँथ्यो ऊ रुन्थी
उसकै स्वागतमा सुनकोशी वगर हाँस्थ्यो ऊ रुन्थी
उत्तर बाट सँधै जुगल मुस्कुराउँथ्यो
गणेश मुस्कुराउँथ्यो
तर ऊ मुस्कुराइन कहिल्यै ।

हरेक पल म सँगको भेटमा
पनि ऊ रुदै भन्थी
म वैचारिक युद्ध गर्छु
बम बारुद पड्काएर हैन
आँखा देख्ने अन्धाहरुसँग
तराजुमा जोखेर
हिसाव बराबर गर्नुछ
टुकी बालेर जर्वजस्ती
अध्यारो लुकाउने हरुलाई
उज्यालो देखाउनु छ
समग्रमा मैले जित्नु छ
हेर
मेरो नसा भरि तामाकोशी
र भोटेकोशी बगेका छन
मेरै हाडद्वारा
जुगल गणेश बनेका छन
हेर्देै जाऊ
ए !पतित् मान्छेहरु
म िसंगै संसार
एक्लै हाक्छु ।
व्यक्तिगत इच्छा चाहनाहरु
मनभित्रै पोको पारेर
ऊ अर्थात सिन्धुकी सिन्धुकला
नयाँ संसार रच्ने कल्पनामा
आफ्ना कयौ सपना तुहाइ
गाउँ समाज र देशकै लािग
जुध्दा जुध्दै लड्दा लड्दै
न उसको रगतले
तामाकोशी सपि्रयो न उसको विजय नै भयो
अन्ततः दूर्भाग्य
अध्युरो विरुद्ध लड्दा लड्दै
त्यही अध्युरोमा
एउटा जिन्दगी निस्तेज भयो ।

आज
आज उसको आस्था
गौरती झुकेको देखिन्छ
सधै रमाउने ओख्रेनी डाडा
भासिएको देखिन्छ
सुनकोशी इन्द्रावती
नतमस्तक छन्
सँधै मुस्कुराउने
गणेश जुगल
मौन मै आँशुका ढिक्का
झार्न विवश छन
कारण
आज सिन्धुकी सिन्धुकला
परास्त भइ
समयसँग ॥

  • किशमा किशोर
  • पिपलडाँडा १ सिन्धुपाल्चोक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.