गीत
जिता नेपाल
रिसाए जस्तो गरेको के थिए टाढियौ आखिरी
जिस्कने बानी जिस्केको थिँए सधंैको जसरी
हिजो नि उस्तै अस्ति नि उस्तै आज नि म उस्तै
हिजो र अस्ति रिसाउदै गर्दा फकाउँथ्यौ आई सुस्तै
जिस्कने बानी परेको थियो त्यो तिम्रो छेउ पर्दा
रमाइलो मान्दै फकाउने गथ्र्याै रिसाए झंै गर्दा
तै बानी खोजे जिस्किदै गए टाडियौ कसरी
जिस्कने बानी जिस्केको थिँए सधंंैको जसरी
खोजेनौ तिम्ले बोल्नलाई पनि खोजेनौ बोलाउन
घुर्काउन जिस्काउन सिकायंौ तर खोजेनौ फकाउन
गई हाल्यौ तिमी छोडेर मलाई फर्केर नहेरी
यो घोप्टो शिर उठाउँदै थिए तै पनि आस गिर
जिस्केरै पनि रोए झै गर्दा फकाउँथ्यौ सुस्तरी
जिस्कने बानी जिस्केको थिए सधंैको जसरी
चितवन पार्वतीपूर
हालः अनामनगर