गजल
राधेश्याम निरास
देख्यौ जब दोबाटोमा आट्यौ की तिमीले
एकै चोटी हाँस्दा मुटु साट्यौ की तिमीले
पिरतीको भाका खोल्दै त्यो आँखा बोल्दैछ
नजरैको इसाराले ढाट्यौ की तिमीले
हेरिरह्यौ हाँसिरह्यौ पलायो की माया
त्यसैले पो दुई चुल्ठी बाट्यौ की तिमीले
न्यानो न्यानो अंगालोमा बाध्ने ईच्छा थियो
स्पर्शै विना कतै डाँडा काट्यौ की तिमीले