फूलको प्रश्न

10 अगस्ट

किशमा किशोर

Image

म जीवनको इन्द्रेणी सपना देख्छु
तर, बीचमै निमोठिन्छ

ए ! मान्छे
थाहा छ,
तिम्रोजस्तै मेरो पनि रगत आउँछ
फरक यत्ति हो
तिम्रो रातो हुन्छ
मेरो रगतको कुनै रङ हुँदैन
किनकि म फूल हुँ
तिम्रो प्रेमिकाको उपहार
सँधै स्वच्छ हुन्छु ।

तिमी पैतालाले भूगोल नाप्छौ
हो, स्वतन्त्र छौ
म स्थिर, फुल्छु, फक्रन्छु र मर्छु
मेरो कुनै जीवनचक्र छैन

जीवनको आधा सपना नदेख्दै
तिमी मेरो हत्या गर्छौ
तिम्रो जस्तै मेरो पनि आस्था छ
फरक यत्ति हो
म तिमीलाई पुज्छु
तिमी ‘म’ प्रयोग गरेर भगवानलाई,
किनकि म फूल हुँ
सँधै पवित्र हुन्छु ।

मातृभूमिको माटो टेकेर
कहिलेसम्म तिमी मेरो हत्या गर्छौ
तिम्राजस्ता सपना हाम्रा पनि हुन्छन्
भोक, तिर्खा हामीलाई पनि लाग्छ
के हाम्रा पनि प्रेमिका हुँदैनन् र?
अब भन,
तिमीले जस्तै
के म तिम्रो हत्या गरेर
तिम्रो जिन्दगी प्रेमिकालाई उपहार दिऊँ ?

http://www.facebook.com/kishmapari

जिल्लाका नारी हस्ताक्षर

27 जुन

अमित घिमिरे-नेपाली समाजमा नारी र पुरुषलाई सृष्टिको समान धरोहरका रुपमा लिइन्छ । पृथक शारीरिक अवयव भएका नारी र पुरुष एक अर्काका पूरक हुन् । कुनै पनि क्षेत्रमा कुनै एक शक्तिलाई

मूलप्रवाहबाट बाहिर राख्न मिल्दैन । झन् यति नै बेला नारीको समान सहभागिताको ठूलै बहस र प्रयोग भइरहेको अवस्थामा छ । नारीको उपस्थितिका ’boutमा हरेक क्षेत्रमा सजकता र अनुसन्धान चलिरहेको अवस्थामा जिल्लाको साहित्यको मूलप्रवाहमा नारीहरुको उपस्थिति कस्तो छ ? भन्ने एउटा विषयको उठान पनि सान्दर्भिक हुन सक्छ । 

जिल्लाको लिखित साहित्यको सुरुवात १९६० को दशकलाई लिइन्छ । लिखित साहित्यमा पुरुषको पहिलो हस्ताक्षर रहेको भएता पनि खास गरी लोक साहित्यलाई नारीले परापूर्व कालदेखि जीवन्त राख्दै आएका छन् । घाँसपात, मेलापात, पर्वजात्रा, रोपाई÷रत्यौली, ढिकीजाँतोजस्ता अवसरहरुमा पुस्तान्तर हुँदै आएको अलिखित साहित्यका पहरेदार नारीहरु लिखित पुस्तककारका रुपमा भने हालसम्मको खोजबाट प्राप्त जानकारी अनुसार २०२५ साल पछि मात्र दर्ज भएका देखिन्छन् । खोजमूलक रुपमा तयार पारिएको र सम्भवले भेटिएका पुस्तक प्रकाशनका हिसाबले हेर्दा निम्नानुसार लेखिकाहरुलाई राख्न सकिन्छ । 
सीता प्रधान
मुलुकमा पारिजातले सिंगो नेपाली साहित्यलाई पृथक तवरले विशिष्ट उचाईमा उकाल्दै गर्दा जिल्लामा पनि प्रधानले साहित्यमा एक आधार स्तम्भ गाडेकी थिइन् । यस हिसाबले पनि उनी जिल्लाको साहित्यकी एक आद्य नारी हस्ताक्षर हुन् । २००८ सालमा काठमाण्डौं जन्मिएकी सीता प्रधानको कर्मस्थल चौतारा हो ।
१७ वर्षको उमेरमा विभिन्न भावभंगिमामा अनुवंदित रहेको कोसेली(२०२५ कवितासङ्ग्रह) जिल्लाको नारी हस्ताक्षरित पहिलो कृति हो । उनकै ३ वर्षपछि आधुनिक मुक्तलयमा लेखिएको ढुङ्गा फक्रन्न (खण्डकाव्य २०२८) नारी हस्ताक्षरित पहिलो खण्डकाव्य हो । जसलाई बीसबर्षको उमेरमा सीता प्रधानले लेखेकी थिइन् । परस्परमा विरोधाभाष विषय उठान प्रधानको विशेषता हो । उक्त पुस्तकको सार बोल्दै सीताले भनेकी छन् “….फूलले ढुङ्गासँग प्रेम ग¥यो, के यो अपराध हो ? ढुङ्गालाई पगाल्न खोज्यो, उर्वरा बनाउन खोज्यो, ढुङ्गामा रगत सिंचन खोज्यो, ढुङ्गामा सास भर्न खोज्यो के यो पाप, अपराध, अत्याचार गरेको हो र ? यहाँ यस्ता मानिसहरु पनि छन् जसका मुटु ढुङ्गा भन्दा पनि साह्रो हुन्छन्, छाम्नु पर्ने होइन आफैं प्रदर्शित हुन्छ ।” 
ढुङ्गा फक्रन्न (खण्डकाव्य) पछि ६० को दशकमा सीता प्रधानको एक छेऊ नारी आन्दोलन (खण्डकाव्य), समर्पण (खण्डकाव्य), विचलित स्पन्दन(काव्य), केही भक्तिधाराका भजन गीत हुँदै पृथ्वी (२०६५) नामक गद्य महाकाव्य प्रकाशित छ । विद्रोह, अधिकार स्थापित, माया प्रेमको मूलधारमा नारी सम्बोधनको लडाईंकी एक साहसिक साहित्यिक योद्धा सीता प्रधानको कलमलाई नारी साहित्य लेखनको इतिहास निर्माणमा राखेको जगलाई, योगदानलाई कम आँक्न मिल्दैन ।
माया निरासी 
२०१४ सालमा धादिङ जिल्लामा जन्मिएकी माया निरासीको कर्मघर बतासे हो । माया निरासीको साहित्य लेखनीको थालनी उपन्यासबाट भएको देखिन्छ । जब जिल्लामा उपन्यास लेखन लघु उपन्यासको स्वरुपमा मात्र हुँदा निरासीले पूर्ण उपन्यास ज्योतिको सपना (२०४२) लेखेकी थिइन् । पुनः २०४९ सालमा पश्चात्तापको आँसु उपन्यास विधामा नै उनी आएकी हुन् । साहित्यका अलावा उनको गायनक्षेत्र पनि अर्को एउटा सफल मार्ग हो । उनको उपन्यासबाहेक स्फुट कविता, गीतहरु पनि भेटिएका छन् । नेपाली लोक, सवाई, झ्याउरे आदि लयमा आफ्ना भावना पौख्दै आएकी निरासी नारी चेतना र मुक्तिकामी एक सशक्त हस्ताक्षर हुन् ।
रोशनी श्रेष्ठ
२०२४ सालमा चौतारामा जन्मिएकी रोशनी श्रेष्ठको भावना (कवितासंग्रह, २०४६) पहिलो कृति हो । रोशनीका कवितामा जीवनप्रतिका तीतामीठा अनुभव, सामाजिक संस्कारप्रतिको व्यङ्गप्रहार, बोलवालाहरुप्रतिको आलोचनात्मक प्रहार, मायामोहप्रति प्रेमोपहार आदि विषयवस्तुको चयनबाट निर्माण गरिएको पाइन्छ । उनी आफ्नै कृति उपर यसो भन्छिन्– ‘यी मेरा कविताहरुमा आफ्ना भोगाइहरु जुन मेरै परिवेश वरिपरि घुमेका छन् । ’emलाई केही रुपमा भए पनि ब्युँताउने प्रयास गरेकी छु । समयको अन्तरालसँगै मनको तरङ्गहरुमा लहरिँदै बेरिएका शब्दहरुलाई सँगालेर समाजको छेउमा उभिने जमर्को गरेकी छु । क्षणिक समयभित्र सिकेका थोरै शब्दहरुबाट भए पनि मनका तृष्णाहरु शब्दहरुको रुपमा यी पानाहरुमा उतार्ने यो एउटा प्रयास मात्र हो’ ।
प्रकाशनका हिसाबले दोस्रो कृति उनको आएको छैन । र, पनि पहिलो कृतिमार्फत उनले जीवन, जगतप्रतिको पैरवीलाई सिन्धु साहित्यले उत्साहजनक र आशाजनक मान्नुपर्छ । सरकारी जागिरेको व्यस्तता वा अन्य कुनै कारण रोशनीका अन्य कृति आएनन्, छिट्टै आऊन् । 
सरु काली
२०४१ सालमा चौतारा ८ मा जन्मेकी शरु काली गजल विधाकी सशक्त नारी हस्ताक्षर हुन् । उनको ऐजन (२०६७), स्मृति स्पर्श (२०६२) र नेपाली गजलमा नारी हस्ताक्षर (संयूक्त गजल संग्रह (२०६२) नामक कृति प्रकाशित छन् । त्यसका अलावा उनको दर्जनौ फुटकर गजलहरुले जिल्लालाई गजलमय तुल्याइदिएकी छिन् ।
युवा पुस्ताको ढुकढुकीमा शरु काली सहजै अवतरण भएकी थिइन् । तत् समयमा भर्खरै बढ्दै गरेको गजल मोहलाई शरुले स्थापित गराउन सिन्धु साहित्यमा ठूलो भूमिका प्रवाह गरेकी थिइन् । 
गजलमा विद्यमान रहने प्रेमातुरता, प्रेम वियोग र तड्पका साथसाथै बेरोजगारीको व्यथा, असफल प्रेमको कुण्ठा, जीवन भोगाइका तुषहरु सबै समेटिएको गजल संग्रहको प्रकाशनपछि देशकै केही प्रतिनिधि नारी गजलमा उनको हस्ताक्षर भयो । पश्चात उनी साहित्यबाट अचेल दूर रहेकी छिन् । देश बाहिर रहेकी उनको गजल रचना फेरि अवश्य पाठकले पढ्न पाउने नै छन् । 
कमला थापामगर
२०४६ मा सिम्पालकाभ्रे ३ मा जन्मेकी कमला थापामगरको पहिलो कृति ‘मनका संवेगहरु’ (गीतिसँगालो २०६३) र दोस्रो कृति गाथासो (२०६४) हो । कमलाका धेरै कवितामा कविताकी पात्र स्वयम् आफैं बनेकी छन् । प्राकृतिकसंग पनि आपूmलाई समाहित र संवादित गरेकी छिन् । उनको भावनावेग तीव्र छ । कमलाको गीतकविताहरुको मूलसन्देशचाहिँ आशावादी हुनुपर्छ भन्ने रहेको छ । जीवनले जीवन जस्तो सम्बोधन नपाएको, खेर गएको जीवन, सोचे जस्तो नहुने माया, आफ्नो मनको कुरा अरु कसैले नबुझ्ने, झुट्टो संसार जस्ता मनोवृत्तिले कवयत्रीलाई ठाउँठाउँमा ग्रस्त तुल्याएको छ । यसबाट केही कुण्ठाले घर गरेको जस्तो देखिन्छ । 
दोस्रो कृति गाथासो (२०६४) गजल विधा हो । भंगीमाहरु भएता पनि कमलाको प्रयासलाई सकारात्मक मान्न सकिन्छ । अक्सर गजलकारहरु गजलमा माया, प्रीति, पे्रमवासनालाई गुरुवाक्य ठानेर शृंगारको महमा चुर्लुम्म डुबेका हुन्छन् । खास गरेर जीवन वृत्तमा रहने संवेगमा धावा बोल्ने शैलीमा रहेका हुन्छन् रचनाहरु ।
सुनिता कार्की
कालिका ७ की सुनिता कार्कीको गजल सङ्ग्रह सगरमाथा झुकेपछि प्रकाशित भएको अभिलेख रहेको छ तर पुस्तक हात नपरेको हुँदा कृति संरचनाका ’boutमा यसै हो भन्न सकिदैन । उनका ’boutका खोज जारी छ । शीर्षकमा रहेको वाक्यगठनले चेतनाको लैंस प्रति उनको आशक्ति उठेको हुनु पर्छ । 
लक्ष्मी पौडेल

लक्ष्मी पौडेल २०४१ सालमा यमुनाडाँडामा जन्मिएकी सर्जक हुन् । अनुभूतिका रउस (२०६८) गजल सङ्ग्रह उनको पहिलो प्रकाशित कृति हो । साहित्य सिर्जनामा मात्र नभइ पत्रकारितामा पनि रहेकी पौडेलको मूल विधा गजल हो । समसामयिक विषयवस्तुमा हात चलाउने पौडेलका गजल देशकाल, परिस्थिति र परिवेशीय चित्रणमा आधारित हुन्छन् ।

लक्ष्मीका अधिकांश गजल शृङ्गारस प्रधानमा सिर्जना भएका देखिन्छन् । शृङ्गारमा पनि संयोगान्त र वियोगान्त प्रतीकात्मक बढी छन् । प्रायः सांयोगित र अलङ्कारमय रहेको छ । नेपाली लोकछन्दका सवाईमा मिलेका वहरहरले उनको कृतिलाई ओजमय तुल्याएको छ । निरन्तर साधना र निरन्तरताले लागिरहेका खण्डमा लक्ष्मीका गजल मोहले मोहित पार्नेछन्–लोकलाई ।
पार्वती गिरी ‘पारु’
२०४९ असोज २२ मा साँगाचोकमा जन्मिएकी पार्वती गिरी ‘पारु’ को काव्य ‘नव आयाम’ (२०६९) नारीद्वारा लिखित–प्रकाशित जिल्लाको कान्छो कृति पनि हो र स्वयम् ‘पारु’ पनि यो आलेख लेखिरहँदासम्मकी कान्छी लेखिका हुन् ।
आत्मविश्वास, निडर र कठोर अभिव्यक्ति ओकल्दै ‘पारु’ले देश र माटोको चिन्तामा आफूलाई बढी डुबाएकी छिन् । समाजको गलत चिन्तन, संस्कार, परम्परा, राजनेताहरुको वेइमानी प्रति ज्यादा फिकर जनाएकी छिन् । रचना सिर्जनामा प्रेमिल कतै देखिएता पनि प्रेम प्रति आशक्त भएर द्रवित उनी भएकी छैनन् । 
उमेर र अनुभवले कान्छी भएता पनि सिर्जना रचनाका हिसाबले उनमा परिपक्वता आएको छ । सतही मायाप्रेम भन्दा माथि उठेर ‘पारु’ ले गरेको नव आयामको उद्घोषलाई आजका नारीले मनन् गरेर आफ्नो प्रतिभालाई उजागर गरेका खण्डमा सामन्ती अवशेषका पर्खालहरु भत्कने कुरामा दुई मत नहुन सक्छ । निरन्तरता र साधनाका साथ अघि बढ्नु अरुलाई जस्तै ‘पारु’ लाई पनि उत्तिकै आवश्यकता छ । 
उपसंहारः 
महाकाव्यकार सीता प्रधान देखि कविता र गजलका हरफहरुमा रमाउने पार्वती ‘पारु’सम्म आइपुग्दा जम्माजम्मी दुईहातका औंलामा गन्न नपुग्ने नारी हस्ताक्षर हुनु र हामीले सिन्धु साहित्यको १ सय ४ वर्षको धक्कु लगाउनु कति तर्कयुक्त होला ? त्यसो त यो पुस्तक प्रकाशनको मापदण्ड मात्र साहित्यको मापन किमार्थ हैन । फुटकर रचनामार्फत पनि झण्डै सय भन्दा बढी नारी हस्ताक्षरले सिन्धु साहित्यको पृष्ठ हस्ताक्षरित रहेको छ, आफूलाई स्थापित गराएका छन् । तर पनि ती किन पुस्तकारका रुपमा आएनन् ? जिल्लाका नारी पुरुष दुवै सर्जकहरु आफैं प्रकाशन गृह बन्न बाध्य रहेका छन् । आफ्ना कान र गलाका गहना उतारेर वा मासिक पारिश्रमिक खर्चेर पुस्तक निकाल्नु र बाँड्नु, बाँकी घरमा नै थुपारेर राख्नु एउटा कटु वास्तविकता पनि हो । अतः राज्य सत्ताको चरित्र र चिन्तनमा साहित्यप्रति कर्तव्यबोध, पुरुषहरुको सहकार्यता एवम् साहित्यलाई उत्पादकमूलक तुल्याउँदै जिल्लाका नारी साहित्यकारहरुलाई अगाडि ल्याउनका लागि साहित्यमा समर्पित हामी सबैले होस्टेमा हैंसे गरे सिन्धुमा नारीहरुको उपस्थिति गौरवशाली रहने छनक छ । 
सन्दर्भ ग्रन्थ
सिन्धु साहित्यको इतिहास–चन्द्रप्रसाद न्यौपाने, जमघट साहित्यिक द्वैमासिक– सं. डम्बर रसिक भारती स्पन्दन साहित्यिक मासिक– सं. किशमा किशोर, सिन्धु साहित्य अभिलेखालय–चौतारा, जिल्लाका साहित्यिक तथा साप्ताहिक पत्रिकाहरु 
(कृपया लेख तथा फोटो साभार गर्नु पूर्व लेखकको अनुमति जरुरी छ)

 

खासामा चेलीका चित्कार

27 जुन

किशोर बुढाथोकी । ‘हामीले नराम्रो काम गरेको प्रमाणित गर्नसक्नुहुन्छ भने सजायँ भोग्न तयार छौं । नेपालमा काम नपाएपछि हामी खासा आयौं । हाम्रो काम हो, पेशा हो । हामी बिग्रेर हिंडेपनि हाम्रो गल्ती देखाउनुहोस्, हामीलाई हतकडी लगाएर समाउनुस्, जे गर्न पनि तयार छौं । तर, प्रमाण हुनुप¥यो ।’ चेलीबेटी बेचविखनमा नयाँ गन्तब्य मानिएको चीनको खासास्थित एक डान्सबारमा कार्यरत काभ्रे, बनेपा बसपार्ककी २२ वर्षीया कृति श्रेष्ठ(नाम परिवर्तन)ले घुम्न आएका बेला लिपिङ बजारमा माइती नेपालका प्रतिनिधिसँग गरेको संवाद हो यो ।

Imageश्रेष्ठको घरमा आमा छैनन् । बुबा विमारी हुनुहुन्छ भने दिदी पढ्दैछिन् । त्यसैले घर धान्ने जिम्मा उनकै काँधमा छ । घरको समस्याले उनलाई ‘गर या मर’को स्थिति भएकाले पनि उनी खासा छिरेकी हुन् । ‘काठमाण्डौंका होटलहरुमा बढी दिए दस हजार दिन्छन् । यहाँ कम्तिमा पन्ध्र हजार कमाई हुने भएकाले खासाका डान्सबारमा काम गर्न आएँ,’ उनले भनिन्् । 
‘हामीले निर्धक्क कमाएर खान पाउनुपर्छ । यो हाम्रो स्वतन्त्रताको अधिकार हो ।’ उनले भनिन्, ‘हाम्रो इज्जत छैन हामी मान्छौं, तर हामी त्यस्तो खालको केटी होइन जहाँ मन लाग्यो त्यही यौन व्यवसाय गर्ने ।’ उनले आफू खासाको डान्सबारमा काम गर्ने गरेको स्वीकारिन् । आफूलाई खासामै काम गर्ने नीता दिदीले बोलाएर आएको बताउने श्रेष्ठले माथि(खासा)मा आफ्नो श्रीमान् भएको बताइन् । उनका अनुसार खासामा डान्स बार र झुप्पा गरी दुई प्रकारका होटल छन् । खासा बजारमा भएका झुप्पाहरुमा चाँहि यौन व्यवसाय हुने गरेको उनी बताउँछिन् । उनका अनुसार खासाका डान्सबारमा काम गर्ने युवतीहरुलाई भाग्ने ‘चान्स’ नै मिल्दैन । त्यहाँ कडा नियम हुन्छ । विश्वासिला काम गर्ने युवतीहरुलाई कहिलेकाँही घुम्नका लागि समय दिइन्छ । श्रेष्ठले खासाका डान्सबारमा नेपाली केटाहरुले डिजे, वारमेन र डान्सरमा काम गर्ने गरेको बताइन् । उनले खासाका डान्सबारमा काम गर्ने नेपाली युवतीहरु त्यति सारो नचिनेको बताईन् । उनले सलिना, रिया, शान्ति युनिका, अप्सरा नितालाई चिनेको बताईन् । उनीहरु श्रेष्ठजस्तै डान्सबारका काम गर्ने युवती हुन् ।
खासामा सञ्चालित बार तथा झुप्पाहरुमा मिलन बार, वाङगे डिस्को, छिरिङ बार, २००८ डिस्को र माम्फाली बार, शेर्पा बार तथा स–साना झुप्पामा नेपाली चेलीहरु बढी छन् । खासा स्रोतका अनुसार खासामा सञ्चालित अधिकांश डान्स बार तथा झुप्पाका संचालक पनि नेपाली, त्यहाँ काम गर्ने युवती पनि नेपाली र ग्राहक पनि नेपाली नै हुने गर्दछन् ।
Imageचीनको खासास्थित माम्फाली डान्सबारबाट भागेर नेपाल आएकी काठमाण्डौकी १५ वर्षीया सविता महर्जन(नाम परिवर्तन)ले भनेकी थिइन् । ‘मैले नाँइ र हुँदैन भनेर सुखै पाईन, साहुले पनि जर्वजस्ती गरेर यौन धन्दामा लगाए । सहन नसकेपछि भागेर आएँ ।’ काठमाण्डौं स्थायी घर भएकी उनलाई बसाइकै क्रममा चिनजान भएकी एक युवतीले बहिनीको नाता गाँसेर ललाइफकाइ खासा पु¥याएकी थिइन् । उनका अनुसार चिनजानकै सिलसिलामै तामाङ थरकी ती दिदीले चीनको खासा घुम्न जाने प्रस्ताव राखेकी हुन् । 
घुम्न जाने प्रस्तावलाई स्वीकारेपछि दिदी र उनको श्रीमान्सहित तातोपानीस्थित लिपिङमा एक रात विताएर भोलिपल्ट खासा बजार पुगेकी हुन् । चीन प्रवेशद्वारमा नागरिकता वा विद्यार्थी परिचय विना प्रवेश नपाइने भएकाले उनीहरुले स्थानीय एक साइवरबाट महर्जनको नक्कली विद्यार्थी परिचय पत्र बनाए । र, खासा प्रवेश गरे । त्यसबेला महर्जनले सरस्वती उच्च मावि नयाँ बानेश्वर काठमाण्डौं ठेगाना रहेको विद्यार्थी कार्ड बनाएकी थिईन् । ‘खासा पुगेपछि एक होटलमा छाडी तामाङ दम्पति फरार भए ।’ उनले भनिन्, ‘सुष्मा नाम गरेकी ती दिदिले खासामा हाम्रो होटल छ, आफ्नै हो भनेर ल्याएको हुन् ।’ ‘मलाई खासाको होटलमा बेचेछन्, म आफै बेचिएको थाहै भएन । उनीहरुको मन पापी रहेछ मलाई के थाहा ?’ उनले भनिन् । उनले खासाको माम्फाली डान्सबारमा आफूलाई जर्वजस्त यौन धन्दामा लगाइएको बताईन् ।
उनीसँगै भागेर नेपाल आएकी सर्लाहीकी संगीता थापामगर वर्षदिन अघि काठमाण्डौंको सामान्य गलैचा कारखानामा काम गर्थिन् । यहाँको भन्दा धेरै पैसा आउने प्रलोभनमा पारी दलालहरुले उनलाई चीनको खासास्थित डान्सबारमा पु¥याए । सामान्य लेखपढमात्र गरेकी थापामगरलाई दलालले खासाको व्यापारिक ‘मेस’मा खाना बनाउने काम लगाइदिन्छु भन्दै पु¥याएका थिए । तातोपानी नाकाभन्दा ४ किलोमिटर वर पर्ने दसकिलोबाट चोर बाटो हुँदै उनलाई दलालहरुले जंगलै जंगल ८ घण्टाको पैदल यात्राबाट खासा पु¥याएका हुन् । ‘खासाका डान्सबारमा यौन धन्दा गर्नुपर्छ ।’ उनले भनिन्, ‘रातभरि दर्जनौंको इच्छा पूरा गर्नुपथ्र्याे, उनीहरुलाई सन्तुष्टि पार्नुपथ्र्याे, तर पैसा जति सबै साहुले लिन्थ्यो ।’
श्रेष्ठ, महर्जन र थापामगर खासास्थित डान्सबारमा काम गरेका प्रतिनिधि नाम हुन् । यिनीहरुजस्तै खासामा काम गर्ने करिव डेढ सय नेपाली युवतीहरु खासास्थित डान्सबारमा रहको माइती नेपालले जनाएको छ । खासाका डान्सबारमा जाने युवतीहरु धेरैजसो दलालको प्रलोभनमा परेर बेचिएका छन् भने केही युवतीहरु रहरमा गएका छन् । 
नाम नखुलाउने शर्तमा खासाका रेष्टुँराका गतिविधि’bout बुझेका तातोपानीका एक स्थानीयका अनुसार नेपाली चेलीले ग्राहकसँग यौन धन्दा गर्न नमानेमा मालिकले उनीहरुको तलब काटिदिने, तलब नै नदिन,े गालीगलौज गर्ने, कुटपिट गर्ने गर्दछन् । जसरी पनि मालिकले खासाका बारमा नेपाली चेलीलाई यौन पेशामा लाग्न पर्ने बाध्य हुने उनले बताए । नेपाली सहरका डान्स तथा क्याविन बारमा काम गर्ने युवतीहरुलाई यहाँको भन्दा तीन गुणा बढी पारिश्रमिक पाईने प्रलोभनमा पारेर खासा लैजाने गरेका छन् ।
खासामा नेपाली चेलीलाई प्रयोग गरी अवैध रुपले ‘कोठी’जस्तै सञ्चालनमा रहेको खबर बाहिर आएपछि त्यसलाई न्यूनीकरण गर्न माइती नेपाल र शान्ति पुर्नस्थापना गृह तातोपानीमा सक्रिय छन् । नेपाल र गृहले नाकामै कडाइका साथ काम गर्दै आएपछि चोरबाटो हुँदै खासामा चेली पु¥याउनसमेत सुरु भएको थियो ।
खासाका डान्सबारमा वेटर भनेर नेपाली चेली लैजाने गरिएपनि उनीहरुलाई विस्तारै यौन धन्दामा प्रयोग गरिने भएकाले नाकाबाट चेलीहरु फर्काइने गरेको माइती नेपाल तातोपानीकी सुपरभाइजर पवित्रा घिमिरेले बताइन् । नाकामा क्रियाशील शान्ति पुर्नस्थापना गृहकी सुपरभाइजर कोपिला तामाङ खासाका डान्सबार तथा झुप्पाहरुमा नेपाली चेलीको श्रम तथा यौन शोषण हुनेगरेकाले चेलीहरुलाई रोक्ने गरेको बताउँछिन् । ‘राम्रो सँग काम गर्न जाने हो भने हामी कसैलाई रोक्दैनौं’, उनले भनिन्, ‘नेपाली चेलीहरु खासामा गएर नराम्रो काममा नफसुन् भन्ने हाम्रो चाह हो ।’ पछिल्लो वर्ष माइती नेपाल र शान्ति पुर्नस्थापना गृहले खासा जान लागेका १ सय ६० चेलीलाई नाकाबाटै फर्काएको थियो । दुई सामाजिक संस्थाको सक्रियतामा गएको वर्ष ५१ चेलीलाई उद्धारसमेत गरिएको थियो ।

कविको बयान

3 मे

Image

किशमा किशोर

 

हो श्रीमान् !
चरम उत्तेजनाको भार थाम्नै सकिन
मैले निरीह शब्दमाथि पटक–पटक बलात्कार गरें
म स्वीकार गर्छु
सम्माननीय इजलासको सजायँ ।

यौवनकै आवेगमा हो श्रीमान्
अक्षरहरुका बस्तीबाट
एउटी कुमारी शब्दलाई अपहरण गरे
अनि, कवितामा सौन्दर्यमा भरें
हो श्रीमान्, मैले
निरीह शब्दको चोक्टा लुछेर कुरुप पारें
म स्वीकार्छु
सम्माननीय इजलासको सजायँ ।

श्रीमान्
यो कठघराको चौघेराबाट
एउटा विन्ति विसाउँछु
हो, मैले नाकाम गरे
थाहा छ, अचेल
गाउँमा हाट लाग्न थालेको छ
गाउँका कुमारी शब्दहरुमाथि
कैयौं कविको आँखा गढेको छ
म, अभियुक्तको
एउटै माग छ
अब शब्दहरु बलात्कृत नहोऊन्

श्रीमान्, यदि
न्यायालयको मानहानी हुदैन भने
यो न्यायमुर्तिका हरेक अंग–अंगमा
बलात्कारको अभियोग लागेको कविले
कालो धब्बा देखिरहेको छ,

हो, श्रीमान् !
जीवनको रङ नजान्दै मैले
उत्तेजनाको उभार थपिदैं जाँदा
म कुमारी शब्दमाथि
पटक–पटक स्खलित भएको छु
म स्वीकार गर्छु
सम्माननीय इजलासको सजायँ ।
तर, न्यायमुर्तिका बन्द आँखाले
कवितामाथि प्रश्नचिन्ह राखेर
के बलात्कारमा रंगेहात देख्यो र ?

 

मन र फूल

11 सेप

किशमा किशोर 

प्रिय,
शब्दकोष पल्टाएर हेर
त्यहाँ मन र फूलको परिभाषा फरक हुन्छ
मनैले हो
चाहेपछि
पागललाई प्रेमी देख्छ
चट्टानलाई फूल देख्छ
तिमी मेरो मनको इजलासमा कैद छौं
अनि फूलले नै हो
चाहेपछि
काँडामा पनि मेरो पूर्ण जीवनको कविता लेख्छ

मन,
हुरी, बतास र आँिधसँग डराउँछ अचेल
पीडा, शोक र चिन्तामा कराउँछ अचेल
इष्र्याको कालो भूमरीमा छट्पटाउँछ अचेल
हे, मन
अचेल मन, मनजस्तो छैन
र, त जीवन जीवनजस्तो छैन

फूल,
हुरी, बतास र आँधिमा पनि फुलिदिन्छ

सौन्दर्य फिजाउँछ र, पीडा, शोक भुलिदिन्छ

इष्र्या छैन र, त अस्थिरतामा झुलिदिन्छ

हे, फूल
सदियौंदेखि फूलजस्तो छ
र, त उस्को जीवन, जीवनजस्तो छ

सुन्यौ !
अचेल फूूलको परागमा मलाई
मेरो जीवन सुगन्धित लाग्छ
र, त मलाई मन र तिमी भन्दा
फूल प्यारो लाग्न लाग्न थालेको छ

खासा : दलालको अर्को गन्तव्य

8 सेप

किशोर बुढाथोकी/सिन्धुपाल्चोक

Image‘निर्वस्त्र रातभरि अपरिचितसँग सुत्नुपथ्र्याे, रिँगटा चल्ने गरी सर्वत्र लुट्थे तर पैसाजति सबै साहूले लिन्थ्यो,’ चेलिबेटी बेचबिखनको नयाँ गन्तव्य खासाका डान्स बारबाट माइती नेपालद्वारा उद्धार गरिएकी सर्लाहीकी १७ वषर्ीया सरीता थापामगर (परिवर्तित नाम) को व्यथा हो, यो । एक वर्षअघि काठमाडौंको सामान्य गलैंचा कारखानामा काम गरिरहेकी थापामगरलाई पैसाको प्रलोभनमा दलालले खासा पुर्‍याएका हुन् । सामान्य लेखपढ मात्र गरेकी उनलाई खासाको व्यापारिक ‘मेस’मा खाना बनाउने काम लगाइदिन्छु भनेर दलालले त्यहाँ पुर्‍याएका थिए । तातोपानी नाकाभन्दा चार किलोमिटर वर पर्ने दशकिलोबाट चोरबाटो हुँदै उनलाई दलालले जंगलैजंगल आठ घन्टाको पैदलयात्राबाट खासा पुर्‍याएका हुन् ।
ग्रामीण भेगका चेलीलाई पैसाको लोभ देखाएर र विभिन्न नाता गाँसेरसमेत दलालले खासा पुर्‍याउने गरेका छन् । दलालले विशेषगरी काठमाडौं तथा पोखराका डान्स तथा क्याबिन बारमा काम गर्ने युवतीलाई त्यहाँ पुर्‍याउने गरेका छन् । डान्स तथा क्याबिन बारमा काम गर्ने युवतीलाई यहाँको भन्दा तीनगुणा बढी पारिश्रमिक पाइने र मन लागेका वेला घर आउन पाइने भन्दै फकाउने गरेको पाइएको छ ।
काठमाडौं स्थायी घर भएकी १५ वषर्ीया समीक्षा महर्जन-परिवर्तित नाम) लाई एक महिलाले बहिनी बनाइन् । दिदी-बहिनीको सम्बन्ध दिन-प्रतिदिन झाँगिँदै गयो । तामाङ थरकी ती महिलाले चीनको खासा घुम्न जाने प्रस्ताव राखिन् । चञ्चले, जिज्ञासु र भ्रमण गर्न मरिहत्ते गर्ने महर्जनले दिदीको कुरा सहर्ष स्विकारिन् । चीन प्रवेशद्वारमा नागरिकता वा विद्यार्थी परिचय-पत्रविना प्रवेश नपाइने भएकाले उनीहरूले स्थानीय एक साइबरबाट महर्जनको नक्कली विद्यार्थी परिचय-पत्र बनाए । र, खासा प्रवेश गरे । महर्जनलाई खासाको एक होटेलमा छाडी तामाङ दम्पती फरार भएको उनले बताइन् ।
उनले खासाको माम्फाली डान्स बारमा आफूलाई जवर्जस्ती यौनधन्दामा लगाइएको बताइन् । उनले भनिन्, ‘मैले नाइँ र हुँदैन भनेर सुखै पाइनँ, साहूले पनि जबर्जस्ती गरेर लगाएपछि भागेर आएँ ।’
Imageनेपाल-चीनबीचको एक मात्र नाका तातोपानीमा चिनियाँ प्रहरीको फितलो सुरक्षा व्यवस्थाका कारण आवतजावत गर्न सजिलो छ । गत २७ जेठमा यातनागृहभन्दा चर्काे खासाको रेस्टुरेन्टबाट भागेर नेपाल आउँदै गरेका थापामगर र महर्जनलाई तातोपानीस्थित माइती नेपालको चेक प्वाइन्ट र सीमा प्रहरीको टोलीले खासाको भ्युटावरनजिकको जंगलबाट उद्धार गरेको थियो ।
‘खासाको होटेलमा हरेक रात बन्द कोठामा जबर्जस्ती थुनिएकी छु,’ महर्जनले आफ्नो पीडा पोखिन्, ‘बन्द कोठाभित्र गइसकेपछि ग्राहकले आफूले चाहेजति रक्सी खुवाउँथ्यो, निर्वस्त्र पाथ्र्याे र मनलाग्दो गथ्र्यो ।’ विगतका काला रात सम्झँदै सरीता थापामगरले भनिन्, ‘पैसाजति सबै साहूले राख्थ्यो, ग्राहकलाई हामीदेखि चित्त बुझ्यो भने अलिअलि टिप्स दिन्थ्यो ।’
चीनका खासा, नेलाम, कुती तथा ल्हासाका बजारमा दलालले नेपाली चेलीलाई बिक्री गर्ने गरेका छन् । खासामा एक प्रकारको कोठी छ, जसलाई झुप्पा भनिन्छ । स्रोतका अनुसार खासामा दलालले मात्र नभई झुप्पा र डान्स बारका नियमित नेपाली ग्राहकले चेली त्यहाँ पुर्‍याउने गरेका छन् ।
Imageखासामा सञ्चालित बार तथा झुप्पामा मिलन बार, बाङ्गे डिस्को, छिरिङ बार, २००८ डिस्को र माम्फाली झुप्पामा नेपाली चेली धेरै छन् । अधिकांश डान्स बार तथा झुप्पाका सञ्चालक नेपाली नै छन् । ग्राहक पनि नेपाली नै हुने गर्छन् । ‘त्यहाँ बेचिएका चेलीलाई होटेल मालिकले तातोपानी पुगेपछि माइती नेपालले समाउँछ, फोटो खिच्छ, त्यो फोटो पत्रिका र टेलिभिजनमा आउँछ अनि तिमीहरू वेश्यावृत्तिमा संलग्न छौ भनेर बेइज्जत गरिदिन्छ भनेर डर देखाउने गरेका छन्,’ माइती नेपाल तातोपानीका फिल्ड संयोजक सहदेव तिवारीले भने, ‘चेली लिएर दलाल आफैँ सीमासम्म पुग्ने र खासाबाट सञ्चालक मोटरसाइकल लिएर ‘रिसिभ’ गर्न मितेरी पुलसम्म आइपुग्ने गरेका छन् ।’ उनका अनुसार सीमामा कुनै अप्ठ्यारो देखिए दलालले वैकल्पिक मार्ग प्रयोग गर्छन् ।
एक वर्षअघि माइती नेपालले गरेको एक स्थलगत अध्ययनमा खासामा काम गर्ने नेपाली युवतीले मासिक १५ हजारसम्म कमाउने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाली चेलीलाई सुरुकै महिनामा दश हजार र पछि तलब बढ्दै जाने देखाएको थियो । सो प्रतिवेदनअनुसार खासामा सञ्चालनमा रहेका ६ वटा डान्स बार, १० होटेल, ३० भन्दा बढी लज र २० क्याबिन रेस्टुरेन्टमा नेपाली युवती कार्यरत छन् । प्रत्येकमा ६-७ जनाको दरले खासाका होटेलमा करिब सवा सय महिला छन् । अन्य वेला कुक, वेटर्स, डान्सरजस्ता काममा लगाइएका उनीहरूको ड्युटी समय साँझ सातदेखि बिहान पाँच बजेसम्म हो ।
Imageखासामा नेपाली चेलीलाई प्रयोग गरी अवैध रूपले ‘कोठी’ सञ्चालनमा रहेको खबर बाहिर आएपछि एक वर्षअघि माइती नेपालले तातोपानीको कोदारीमा सूचना तथा परामर्श केन्द्रको स्थापना गरेको छ । नेपालले नाकामै कडाइका साथ काम गर्दै आएपछि चोरबाटो हुँदै खासामा चेली पुर्‍याउन सुरु गरिएको थियो । केन्द्रले ६ महिनायता खासामा हुने गरेको चेलिबेटी बेचबिखन न्यूनीकरण गर्न पहल गरिरहेको छ । हालसम्म २९ जना चेलीलाई केन्द्रले उद्धार गरेको जनाएको छ ।

nayapatrika.comबाट

‘नेताले साहित्यकारको पाउ पर्नुपर्छ’

1 सेप

Image

एक्लै थिएँ कोठामा म लजाउँदै भित्र पस्यौ

मादकता अधर लिई छेउमा नै आई बस्यौ

के पो गरुँ कसो गरुँ परें म त दोधारमा

सम्हालिन नपाउँदै अंगालोमा झ्याप्पै कस्यौ

सारा शरीर झम्झमायो विद्युतीय झट्कासरि

नशालु ती नजरले कलेजीमै तीर धस्यौ

छटपटाए अंगालोमा कता–कता हराएछु

बेहोसझैं भएँ म त डस्नुसम्म तिम्ले डस्यौ

यी र यस्तै साहित्यिक सिर्जनाले पाठकलाई प्रेमोत्कर्षमा ल्याउँछन् ६५ औं वसन्त पार गरिसकेका साहित्यकार राम केसी ‘चौतारे’। उनका प्रेमिल भावका सिर्जनाले ‘प्रेम’ले उमेरका युवा साहित्यकारलाई समेत मत्थर तुल्याइदिन्छ। सामान्य पाठकका लागि अकल्पनीय सत्य हुन् चौतारे ।

किनकि उनका सिर्जना, ढल्कँदै गएको उमेर, प्राकृतिक सेता कपालले सत्य सावित गराउनै हम्मे हम्मे पर्छ। तर, पनि उनका सृजनाले व्यक्त गरेको प्रेमोत्कर्षले सगरमाथाको चुचुरो चुमेको यथार्थ छर्लङ्ग छ।

जिल्ला विकास समितिमा लेखापालको जागिर छाडेर २०४९ सालदेखि पत्रकारितामा होमिएका केसीले २२ सालदेखि नै साहित्य सिर्जिन सुरु गरेका हुन्। यहाँ अर्का अकल्पनीय सत्य हुनसक्छ २२ सालदेखि यिन निरन्तर अक्षरसँग रमाउँदै आएका छन्। समग्रमा साहित्य र पत्रकारितालाई समानान्तर रुपले डोर्‍याइरहेका छन्। सदरमुकामबाट झण्डै ४ किलोमिटर पैदलदुरीमा पर्ने सानो सिरुवारीबाट समाचारको खेति गर्नकै लागि हरेक दिन धाउँछन्। र, सेवा गर्छन् ग्रामीण दुरदराजमा रहने नेपालीहरुलाई सूसूचित गराएर। हो, वास्तवमै यिनीलाई सिन्धु साहित्य र पत्रकारितामा हामीले पाउनु नै अहोभाग्य हो। सिङ्गो सिन्धुपाल्चोकका लागि गौरवको नाम हो राम केसी ‘चौतारे’।

२२ सालदेखि साहित्यिक बनेका यिनका मन अझै त्यही जीवनको सेरोफेरोमा छ। यिनका पे्रममय सिर्जनाले हरेकको मुटुमा एउटा झट्का हान्छ। यिनका पाठकमा एउटा प्रश्न उब्जेला आखिर किन लेखे होला बुढेशकालमा यस्ता तरंगीत प्रेम अभिव्यक्ति। प्रेमलाई हेर्ने दृष्टि आफ्नै हुन्छ र, त यिनी प्रेमलाई परिभाषित यसरी गर्छन्। ‘प्रेम उत्साह हो, निरास जीवन कोही बाँच्न सक्दैनन् र प्रेम नभइ कोही बाँन पनि सक्दैनन्। प्रेम सबैसँग हुन्छ केवल अपनाउने शैली फरक हो।’ उहिले भानुभक्तको रामायण विवाह व्रतबन्धतिर शिलोक भन्ने चलन थियो। त्यसलाई मनोरञ्जनको रुपमा लिइन्थ्यो। सानामा गोठालो जाँदा घाँसे गीतले प्रभाव जमाउँथ्यो त्यो कसरी लेखियो होला भन्ने मनमा खड्किरहन्थ्यो यिनीको। लेखनाथको पिंजडाको सुगाबाट प्रभावित भएर आफूले साहित्यमा कलम चलाएको यिनी बताउँछन्।

वास्तवमा सबैको इच्छा, चाहना अनि सपना फरक हुन्छ। सोचाइ र भोगाइ पनि फरक हुन्छ। यिनी साहित्य आवेगले लेखेर नहुने तर्क राख्छन्। हरेकको आँखाले हेर्ने भूगोल फरक हुन्छ। र, फरक हुन्छ भूगोललाई पेरमील नजरले स्पर्श गर्ने शैली। तर, यिनमा सबै विषवस्तुलाई एकैचोटी अंकमाल गर्ने क्षमता छ। व्यङ्ग्य, राजनीति, समाज अनि यौनका विभिन्न रुपलाई सरल माध्यमबाट साहित्य कोर्छन्। हुनसक्छ यही विशेषताका कारण यिनी सबैको प्रिय छन्। र, लोकप्रिय छन्। विशेषगरी जिल्लामा मात्र नभइ राष्ट्रियस्तरमै सामाजिक कथा लेखनमा अब्बल रहेका चौतारेका सामाजिक विकृति र विसंगतिका मूर्त चित्र कोर्रिएका दुई कथाकृति प्रकाशित छन्.। समाजमा भएका घटनालाई देखेर, भोगेर अनि सुनेर यिनको मन उथलपुथल हुन्छ र सामाजिक कथामा हात चल्छन् यिनका। मनका भावलाई शब्द मार्फत् ओकल्ने माध्यम नै साहित्य मान्ने चौतारेका गीत र गजलका शेरहरुले पनि सिन्धु साहित्यमा अब्बलता प्रस्तुत गरेका छन्। एउटा कविता, गजल लेखेर पनि साहित्यको नाममा अहंमता प्रंस्तुत गर्नेहरु पनि प्रसस्तै रहेको उनको अनुभव छ। अहिले साहित्य नै फेसन झैं भएकोमा यिनी दुःख मान्छन्। हाल साहित्यमा आएको प्रयोग नटिक्नेमा उनी विश्वस्त छन्। भन्छन्, …यदी प्रयोगवादी साहित्य नै टिक्ने भए भूपी शेरचनका कविता, गुरुप्रसाद मैनालस्का कथा किन कालजयीं छन्।’

वास्तवमा धेरै लेखेर पनि साहित्यकार नभइने उनको तर्क छ। गहकिला र समाजमा भिज्ने भयो भयो पाठकलाई त्यो कथा आफ्नै जस्तो लाग्छ। त्यो साहित्य नै कालान्तरसम्म टिक्ने यिनी विश्वास राख्छन्। अचेल साहित्य प्रचारमुखी भएको छ। पैसामुखी भएको छ। यिनी यसमा चित्त दुखाउँछन्।

अहिले जिल्ला क्रमशः साहित्यमा पछाडितिरै धकेलिदैं गएको अवस्था छ। यिनी जिल्लामा संगठित भएर लाग्नुपर्ने बताउँछन्। सबैमा आफै ठूलो हो भन्ने भावना रहेकाले यस्तो भएको उनको बुझाइ छ। जिल्लामा एकाथरि साहित्यकार प्रगतिवाद भन्दै उम्लिरहेका छन्। प्रगतिशीलको नाममा जत्था बनाउँदै हिडेका छन्। उनीहरु नेताका पछाडि लागेर नेताकै भाषण लेखेर म साहित्यकार हुँ भन्दै हिड्ने गरेका छन्। केसीको भनाइमा यसरी ठूला कुरा गर्नेले पनि माखो मारेका छैनन्। उनी गर्वसाथ भन्छन्, ‘राजनीतिज्ञ भन्दा साहित्यकार धेरै माथि हुन्छन्। साहित्यकार नेताको पाउ पर्ने होइन, नेताचाँही साहित्यकारको पाउ पर्नुपर्छ।’ उनको विचारमा नेताले भन्दा साहित्यकारले समाज विकासका लागि संयौ गुणा बढी भूमिका निर्वाह गरेका छन्। प्रगतिशील साहित्य भन्नेले बास्तवमा साहित्य लेख्दैनन्। उनीहरु कित्ताकाटमै मस्त छन्। माया प्रेमका साहित्य लेख्नेलाई साहित्यकार नै मान्दैनन्। यो पीडा धेरै साहित्यकारले भोगेका छन्। वास्तवमा अरु कसरी अप्रगतिशील भए प्रगतिशील भन्नेहरुले छुट्टाउन जरुरी छ। यो उनको माग पनि हो।

विशेषगरी समाचार लेखनमा क्रियाशील यिनी फुर्सदमा कथा, कविता, गीत र गजलले कागजका पाना भर्छन्। ग्रामीण परिवेशमा आधारित रहेर आधुनिक कथा लेख्ने केसीको छुट्टै विशेषता छ। यिनका साहित्य सिर्जना हेर्दा जवानीमा प्रेम वियोगमा परेको अनुमान गर्न सकिन्छ। १८ वर्षको किशोरावस्थादेखि साहित्य सिर्जनामा लागेका यिनी विगत कोट्याउन चाहदैनन्।

२०२६ सालमा ललितपुरबाट प्रकाशित हुने गोरेटो साप्ताहिकबाट आफ्नो पत्रकारिता जीवन सुरु गरेका चौतारे हाल राष्ट्रिय समाचार समितिमा आवद्ध छन्। नेपाल पत्रकार महासंघ सिन्धु शाखाको स्थापनाकालदेखि नै शाखामा आवद्ध रहेका चौतारेले विगतका विविध पत्रकारिता पीडालाई सहँदै आएका छन् र, निरन्तर कर्मशील भएर लागिरहेका छन्। द्वन्द्वकालमा पत्रकारलाई दुवैपक्षबाट सतर्क भएर हिड्नुपर्ने अवस्थामा समेत यिनी समाचार खेतीबाट विचलित भएनन्। त्यसताका मानसिक यातना भोगेको तीतो यथार्थ सुनाउँदै यिनी जोगिएर समाचार सम्प्रेषण गर्नु परेको भोगाई सुनाउँछन्। …पहिला समाचार लेख्दा छापामा आउनै साता दिनसम्म लाग्थ्यो’ उनी विगतको कुरा सम्झन्छन्, ‘हुलाकबाट समाचार पठाउँदा समाचार पुरानो भइसक्थ्यो।’ रिपोर्टिङको सिलसिलामा कहिले पाँचपोखरीको मेला त कहिले तातोपानी नाकाको व्यापारलाई यिनलेे स्पर्श गरेका छन्। र, भन्नुपर्दा जिल्लाका समग्र विषयवस्तुलाई आफ्नो कलमको निबबाट ओकलेका छन् जिल्लामा सकारात्मक पत्रकारिताको उदाहरणीय बन्दै।

उहिलेको तुलनामा अहिले समाचार लेख्न र सम्प्रेषण गर्न आकास र धर्तीको तुलना गर्छन् केसी। ‘अहिले प्रविधिको विकास भयो। क्षेत्र पनि विस्तृत हुँदै आयो,’ उनले भने। सञ्चारको विकासले अहिले पत्रकारितालाई विश्वसँग साँघुर्‍याएका बेला टुंडीखेलमा बसेर लेखेको समाचार फ्याक्स गर्न प्रशासन वा जिविसका कर्मचारीलाई नमस्ते गर्नुपरेको उनको स्मरणमा अझै ताजै छ। जिल्लामा अहिलेको पत्रकारिताको प्रवृत्ति देखि भने यिनी दिक्क छन्। युवा पत्रकारको बाहुल्यता रहेको सिन्धु पत्रकारितामा पत्रिका निकाल्नैका लागि निकालिएको यिनी बताउँछन्। नाति उमेरका पत्रकारसँग सहकार्य गर्दै समाचार लेख्नु यिनको दिनचर्या हो। र, यिनी यस्तैमा रमाउँछन् पनि।

औपचारिक समाचारले मात्र पुग्दैन जिल्लाका पत्रकारले धेरै मेहनत गर्नुपर्ने यिनी सुझाव दिन्छन्। हरेक पत्रकार र पत्रिकाले विशेषगरी खुराक दिनुपर्ने यिनी बताउँछन्। साहित्य र पत्रकारितामा उत्तिकै क्रियाशील केसीले यी माध्यममा उल्लेखनीय सेवा गरेवापत सम्मानीत भएका छन्। उत्कृष्ट समाचार सम्प्रेषण गरेर राससबाट दुई पटक सम्मानीत भएका यिनले सिन्धु पत्रकारिता पुरस्कार, दैवी प्रकोप उद्धार पदक, मिडिया प्वाइन्ट पुुरस्कार, उत्कृष्ट शिक्षा लेखन पुरस्कार पिस एम्बेसडर, सिन्धु साहित्य अभिलेखालयबाट सम्मानीत भइसकेका छन्। युवाअवस्थामै अक्षरसँग मित लगाएका केसी अक्षरसँग खेल्दै जीवनको उत्तरार्धमा आइपुगेका छन्। जीवनको अन्तिम क्षणसम्म अक्षरसँग खेलिरहने सपना बुनेका छन् केसीको साहित्य, पत्रकारिताप्रतिको अथाह प्रेम, समर्पण अनि लगनशीलता साँच्चै सम्माननीय छ।

प्रस्तुति : किशमा किशोर

गजल

1 जुलाई

किशमा किशोर

 

तिमी नै आए’सी संसार छाड्नेछु

त्यो विष ल्याए’सी संसार छाड्नेछु

 

छन् जति गुनासा संगाली राख्या छु

सबै सुनाए’सी संसार छाड्नेछु

 

भो जित्न नखोज मायाले मलाई

मन रुवाए’सी संसार छाडने्छु

 

ती पीडा सम्झने संकेत देउन

आँसु चुहाए’सी संसार छाड्नेछु

 

म अर्कै रोजुँला भन्देऊ पियारी

कसम खाए’सी संसार छाड्नेछु

‘त्यो’

23 मे

Image

किशमा किशोर
kishmapari@gmail.com

‘जे गर्नुहोस् यो ज्यान हाजिर छ । तर ‘त्यो’ चाँही हुदैन है ।’ उनले मायालु स्वरमा मलाई अनुरोध गरिन् ।
‘किन ?’ तिमीलाई थाहै छ म ‘त्यो’ चाहन्छु ।’ म सुस्तरी बोलें ।
‘मैले भने नि हुदैन भनेर ।’
‘भनेपछि हुँदैन हैन त ! म मेरो इच्छालाई त्यसै मारौं ?’ मैले फेरि अलिकति कर गरेजस्तो गरे । ‘तिमी मेरो अनि म तिम्रो हो । अनि म कहाँ जाऊँ त ?’
‘हजुरले आफूलाई सम्हाल्नुपर्छ ।’ यो आफू सम्हालिने बेला पनि हो ।’
उनको यस्तो सहानुभूतिले म मैन हुन सकिन । चाहनाको अगाडि एकपटक प्रेम झुक्यो ।
‘त्यसो भए म वेश्यागमन गर्छु ।’ मैले आँटले जवाफ दिएँ । ‘हो । म रत्नपार्कमा ५० रुपियाँमा जवानी किन्छु । अनि, आफ्नो सित्तैमा दिन्छु । र, आफ्नो चाहना छताछुल्ल पोख्छु, निर्वस्त्र शरीरमाथि ।’
तीन घण्टादेखिको टेलिफोन प्रेमालाप एकै वाक्यले टुङ्गाइदियो । केही बोलिनन् उनी । चुपचाप चुपचाप सुनिरहिन् । उनको मौनताले मेरो मनमा सुनामी ल्याईसकेको थियो । मनमनै सोचें –‘के मैले गल्ती बोलें ?’ मेरा कुरा सायद उनको मुटुमै विझेछ क्यारे । धेरैबेर पश्चात् सुक्कँ सुक्कँ आवाज सुनें । हड्बडाउँदै बोलें काँपेको स्वरमा–‘के तिमी रोएकी ? न रोऊ न प्रिय ।’ फोन काटिइसकेको रहेछ । फेरि रिडायल गर्ने हिम्मत आएन । मनभरी अनेकौं प्रश्न प्रतिप्रश्नले द्वन्द्व गररहेकाले होला अँध्यारोमा मस्त रमाईरहेको रात मेरो लागि कोलाहल बन्यो । टाढा टाढा सडकमा कुकुरका कराएको मधुर ध्वनीले मलाई गिज्याईरहेझैं लाग्यो । म सुत्नै सकिन ।
भोलिपल्ट पूर्व क्षितिजमा घाम लोकार्पण हुनुअघि अँध्यारो मुहार लगाएर मेरै छेउमा परिन् उनी । म जर्बजस्त फिस्स हाँसे । सँधै उनलाई भेट्ने वित्तिकै चुम्बन गर्न हतारिने मलाई बोल्ने आँट समेत आएन । उनी मेरै छेऊमा आईन् उनको गालामा ठोक्किएर आएको बिहानी बतासले मलाई हल्का चुम्बन गरेर गयो । किन हो किन मलाई बोल्ने आँटै आएन । सायद गल्ती गरेछु क्यार । जर्वजस्त हाम्रा आँखा चार भए । उनीे आक्रोस भईन् ‘हजुर राती घर आउनुपर्दैन जहाँ जानुहोस् । अनि मलाई भोलिपल्ट भन्नुहोस् । रातभर सडकमा सुतें । साथीसँग घुम्न गएँ । रक्सी पिएर नशामा खै कहाँ गएँ के गरें ? म सबै सहन्छु । तर, विन्ति वेश्याकोमा गएर ‘त्यो’ गरें नभन्नुहोस् ।’ किनकि म हजुरलाई प्रेम गर्छु ।’ म अवाक् भएँ । मुटु छामें । धड्कन सयौं गुणा ज्यादा थियो । तिमी आफू पनि नदिने अनि अन्तै पनि….. मनमनै आक्रोस पोखें तर मेरो मौनताको बाँध मरिगए फुटेन । लाचार, विवश विचरा म उनीलाई सुनिरहें एकोहोरो ।
‘प्रेम’ शब्द मेरो मस्तिष्कमा चलचित्रको रिल घुमेझै फनफनी घुम्न थाल्यो । उनी बर्बराउँदै थिईन् खै कुन्नि के–के बोलिन् मैले केही सुनिन । मैले कुनै कुराको जवाफ दिन पनि सकिन ।

१ वर्ष पनि हुँदैछ, उनको र मेरो चिनजान भएको । मन मिलेपछि खै के हो ? के हो ? छिट्टै आत्मीय भयौं । आकर्षण के मा अझै छुट्याउन सकेनौं हामीले । म पेशाले शिक्षक अनि उनी सञ्चारकर्मी । झण्डै आकासको जून र धर्तीको पानीजस्तै । दैनिक भेटघाट र आँखाका भाकाले कुन दिन प्रेमको पछ्यौरी ओडेछ हामीले थाहै पाएनौं । उनीलाई थाहा छ म पूर्ण विवाहित हुँ । अनि मलाई पनि थाहा छ उनी अर्कैकी स्वप्न परी । तैपनि हामी एक अर्काको भित्री मनमा चुर्लम्मै डुब्यौं, न उनलाई उनको मनको राजाको मतलब छ, न मलाई मेरो घरकी रानीको । वारी पारीको अनौठो सम्बन्ध, केवल टाढैबाट पे्रम गरिह्यौं निरन्तर । सिङ्गो कालोपत्रे सडक हाम्रो सीमारेखा थियो । सूर्य व्यूझँनुपूर्व नै उनी मेरो र म उन्को नजरपान गर्न हतासमा हुन्थ्यौं । समय हो छेक्न नसकिँदो रहेछ । दुवै जवानीका रापमा दौडिरहेका भएकाले होला विपरीत लिङ्गीप्रतिको आकर्षण दुवैमा उस्तै थियो ।
अहिले, समाजबाहेकका सबै सीमारेखा मेटिएका छन् हामी बीचको । सँगै सुत्न आतुर हुन्छौं । सानो अवसर पनि हाम्रो लागि प्रेम साट्ने सुनौलो समय बन्ने गरेको छ । त्यो समयमा मुहार देख्नु पहिल्यै ओठ जोडिन्छन् हाम्रा ।

राती १२ बजे एक्कासी मेरो मोवाईलमा घण्टी बज्यो । अर्धनिद्राबाट पूर्ण निद्रालाई अँगाल्न लागेका मेरा आँखा जर्वजस्त खुल्यो । अँध्यारोमै मौबाईल तर्फ हात लम्काएँ । मोबाईल स्क्रीनमा नाचिरहेको उन्को तस्वीरले पे्रमको कुन व्याकरण बोल्यो मैले ठम्याउनै सकिन । सुस्तरी बोलें–‘अँ ! के भो ?’
‘ए ! हजुर, मलाई निन्द्रै लागेन । अब के गर्ने ?’
रातको समयको फाईदा उठाउने मनशायले जवाफ फर्काएँ–‘तिमीलाई के गर्न मन लागेको छ । जे भन्छौं त्यही गर्ने ।’
‘मलाई हजुरसँगै सुताउनु न ।’ उनले ठाडै भनिन् ।
एक्कासी मुटु फुलेको अनुभव भयो । अलिकति आशा पनि जाग्यो । आज भने केही होला जस्तो छ । मनमनै रमाएँ ।
‘आज तिमीलाई मन लाग्यो जस्तो छ नि ।’ अलिकति उत्साहित हुँदै उनले हो भन्ने आशामा मैले ‘त्यो’ लाई जोड दिदै भने ।
‘हो, मलाई हजुरको अंगालोमा बाधिएर सुत्न मन लागेको छ ।’
उनको अभिव्यक्तिले म मनमनै मरें । के भन्नु के भन्नुको दोसाँधमा अल्झिएँ । तैपनि कुरा पक्का गर्ने सुरले भनिहालें– ‘अनि मलाई त सँगै सुतेपछि ‘त्यो’ गर्नुपर्छ । के छ विचार, हुन्छ ?’
‘नाई ‘त्यो’ त हुँदैन । भोलि मेरो जिम्मा कस्ले लिन्छ ?’
‘म लिन्छु । विश्वास छैन ।’
‘विश्वास नभएको भए म हजुरलाई माया नै गर्ने थिईन ।’
‘अनि किन त ?’
‘त्यो चाँही नभन्नु न प्लिज’ । उनको आग्रहले म पग्लिएँ । ‘हुन्छ’ भनिदिएँ । फोन काटियो । सायद मेरो नामर्दपन यहाँ प्रदर्शन भयो । उनले परीक्षा लिएकी पनि हुन सक्थ्यो । भलै म फेल हँुदिन प्रेममा, यो मेरो मनको सत्य हो । विस्तारै निन्द्राले च्याप्दै लग्यो ।
१ बजेसम्म उनीसँग गरेको प्रेम गफले सायद सन्तुष्ट भएछु क्यारे झ्याप्पै निदाएछु । विहान चार बजे कसैले ढोकामा गरेको ढकढक आवाजले फेरि व्युझिएँ । ढोकामा उनी उभिईरहेकी थिईन् । प्रेमपूर्वक स्वागत गरे । हत्तपत ढोका लगाएर अँगालोमा कसें । बिहान नब्युउँझेसम्म हामी एउटै विस्तारामा एउटै सिरक भित्र शरीरको न्यानो साटिईरह्यौ । तर, ‘त्यो’ भएन ।
सायद ‘त्यो’को आशाले आएकी थिईन् होला । पूरा भएन । सायद फेरि अर्काे नामर्दपनको अङ्गप्रदर्शन गरें मैले ।
‘तिम्रो अनुमति विना म केही गर्दिन ।’ एकदिन कुराकै सिलसिलामा म आफैले भनेको यो शब्दले अहिले मलाई भत्भती पोलिरहेछ । अलिकति पश्चाताप भएको हो । भावनामा बहकिएर पहिला के–के बोलियो थाहै भएन त्यसको असर अहिले पर्दैछ । बल्ल बुझें भावनाले जिन्दगी चल्दोरहेनछ । न त, संयमित नै हुन सकिदोरहेछ ।

जीवन आफ्नै गतिमा चल्दै थियो । दिनप्रतिदिन मभित्र ‘त्यो’को चाहना झन् तीव्र हुनु नौलो थिएन । उनी मलाई सम्झाउँदैमा दिन र रात काट्थिन । हामी बीचको भावनात्मक प्रेम सगरमाथाको चुच्चो भन्दा माथि पुगेको थियो । तर, विडम्बना शारीरिक प्रेमले आधार शिविर काट्न सकेन ।
मलाई ‘त्यो’को चाहनाले दिनप्रतिदिन गाल्दै लगेको थियो । म उनलाई साह्रै माया गर्थे त्यसैले उनको अनुमति बिना केही गर्न सक्दैनथें । घरकी श्रीमति उनको मायाको अगाडि समुन्द्रमा एक बूँद पानीजस्तै भईन् । घरकीसँग रमाउन सक्दिनथें । रत्नपार्क जान निषेध थियो । प्राकृतिक ‘त्यो’ले सन्तुष्टि मिलेन । समग्रमा जिन्दगी जलेर क्रमशः क्रमशः घट्दै थियो । बलिरहेको मैनबत्ती र मेरो जीवन उस्तै उस्तै लाग्यो ।

राती सपनामा हुरीले मेरो टोपी उडायो । त्यो टोपीलाई कालो कुकुरले मुखमा च्यापेर मेरो सामु ल्याईदियो । मैले फेरि त्यसलाई माथमा राखिन । हातमा खेलाईरहें । उनले त्यो टोपीलाई लगाउन अनुरोध गरिन् । हजारौंको भीडमा लाज पचाएँ । त्यो टोपी फेरि मेरो शीरमा सजियो ।
बिहानै सपनाको कथा सुनाउन म उन्को डेरामा गएँ । उदाङ्गो ढोका देखेर अचम्मिएँ । भित्रै गएँ, उनी सुतिरहेकी रहिछन् । ‘परी’ सुस्तरी बोलाएँ, बोलिनन् । उनी सुँक्क सुँक्क रोएको आवाजले म स्तब्ध भएँ । छेऊ मै गएर मायालु स्पर्श गरें । उनी झस्किइन् । अनुहारभरि, जीउभरि राता डाम, च्यातिएको कपडा, लथालिङ्ग कपाल अनि उनको स्वरुपले मेरो हवास् उड्यो । म टुटे, म फुटे,आँखा भरिका चाहना, मुटुभरिका सपना सबै छताछुल्ल पोखियो । पिचासुहरुले खेलेछन् मेरो जीवनमाथि, खौलेछन् उनको शरिरमाथि, चोक्टा–चोक्टा लुछेछन् मेरी परीको, अस्मिता लुटेछन् र भग्नावशेष पारी छोडेछन् पतित् व्यासाँहरुले ।
आँसु झरिरहेका उन्का आँखाले मेरा आँखालाई एकोहोरो हेरिरह्यो । मैले गए रातीको सपनासँगै अतित सम्झिएँ ।
‘जे गर्नुहोस् यो ज्यान हाजिर छ । तर ‘त्यो’ चाँही हुदैन है ।’

सिन्धुपाल्चोकमा गजलः विगतदेखि वर्तमान

8 जन

किशमा किशोर

गजल आधुनिक नेपाली साहित्यजगतमा अत्यन्तै प्रभावकारी विधाका रुपमा देखापरेको छ । वर्तमान नेपाली साहित्य सिङ्गै गजलमय भएको कुरालाई नकार्न मिल्दैन कारण अचेल हरेक तह र तप्काका व्यक्तिहरु गजल मन पराउँछन् । यसै सिलसिलामा राजधानीबाट नगिचै रहेको सिन्धुपाल्चोकमा पनि गजलको लोकपि्रयता शृङखलाबद्धरुपले दिनदुगुना रात चौगुना हँुदै गएको देखिन्छ ।
जिल्लाको वर्तमान साहित्यिक परिदृष्यमा गजल लोकपि्रय बनेको छ । जिल्लाका स्रष्टाहरु जिल्लाबाहिर र मुलुक बाहिर बस्ोर जिल्लाको गजल साहित्यलाई उँचोतर्फ धकेल्ने चेष्टा गरिरहेका छन् । जिल्लाका स्थापित एवं पुराना साहित्यकारहरु पनि जो गजललाई उपेक्षा गर्थे । उनीहरु पनि अचेल गजल भनेपनि हुरुक्कै हुन थालेका छन् । हरेक साहित्यिक कार्यक्रमहरुमा स्रोता बनेर गजल सुन्न लालायित हुन थालेका छन् । वस्तुतः गजलकै लागि अहोरात्र खटिईरहेका छन् । जिल्लामा गजलको सिङ्गो कृतिको इतिहास भने धेरै पुरानो छैन । गजल नेपालमा भित्रिएको झण्डै एक शताब्दीभन्दा पनि पछाडि मात्र सिन्धुपाल्चोकका गजल अनुरागीहरुले गजल पढ्ने अवसर पाए । ३० को दशकबाटै सिन्धुपाल्चोकका स्रष्टाहरुको गीतमा गजलको झल्को नआएको भने होईन । त्यसलाई विभिन्न स्रष्टाहरुले गीतल भनेर परिभाषा पनि गरेका छन् । ५० को दशकमा सिन्धुपाल्चोकमा गजलकृति लोकार्पित भयो । फूटकरलाई छोडेर जिल्लामा पहिलो कृतिका रुपमा २०५५ सालमा ुढुङ्गाको मनु गजलकार गोविन्द नेपालले प्रकाशन गरेको अभिलेख सिन्धु साहित्य अभिलेखालयमा छ । सिन्धु साहित्यको गजल इतिहासमा ुढुङ्गाको मनुबाट कृतिको पदार्पण भएपछि तीव्र रुपमा साहित्यको गजल विधा फस्टाउन थाल्यो ।
त्यसपश्चात् जिल्लामा शुक्रप्रसाद आचार्यको ुजनता जिन्दावादु सरु कालीको ुस्मृति स्पर्शुले सिन्धु गजल साहित्यको भूमिमा स्पर्श गर् यो । ६० को दशकदेखि सिन्धु साहित्यमा गजल विधा फस्टाउनुमा कि्रयाशील गजल स्रष्टाहरुको विशेष योगदान देखिन्छ । जीतेन्द्र श्रेष्ठ ुरसिकु र दीपेन्द्र श्रेष्ठ ुउदासुको हृदयस्पर्शी छालहरु किशमा किशोरको मरुभूमिको साहित्य यात्रा र जूनका आभाहरु कमला थापाको गाथासो विनोदकुमार श्रेष्ठको म भित्रका रोदनहरु सुरेश बुढाथोकीको ज्वारभाटा ओमकुमार श्रेष्ठको यात्रा जिन्दगीको झलक खत्रीको रसरङ्गलगायतका गजल कृतिले सिन्धुपाल्चोकको गजललाई माथि उठाएको कुरालाई कसैले नकार्न सक्दैनन् । गजल विधामा हात चलाउने अन्य स्रष्टाहरुमा राम के।सी सुनिता कार्की शर्मिला सिग्देल माधव खतिवडा कल्पना श्रेष्ठ प्रतिमा न्यौपाने सुन्दर शिरीष कला अनुरागी अपराजित दिपक बुढाथोकी सुभद्रा ढकाल जस्ता प्रतिनिधी गजलस्रष्टाहरुको योगदानलाई पनि कम आँक्न मिल्दैन ।
जिल्लामा गजलको क्रेज दिनप्रतिदिन बढ्दै गएपछि नारी हस्ताक्षर पनि बढ्दो छ भने गजल प्रधान संस्था÷पत्रिका समेतको स्थापना-प्रकाशन भएको छ । किशमा किशोरको संयोजकत्वमा गठन भएको गजल सिन्धु सिन्धुपाल्चोकले जिल्लामा गजलको उत्थानका लागि कार्य गर्दै आईरहेको छ भने मासिक रुपमा ुगजल सिन्धु गजलप्रधान मासिक प्रकाशन भएकै हो । जिल्लामा जुन रफ्तारमा गजल बढेको छ । त्यही अनुपातमा स्तरीय गजल पाउन भने गजल प्रेमी पाठकहरुलाई अझै केही समय कुर्नुपर्ने हुन्छ । तर अन्त्यानुप्रास मिलाएका भरमा वा मात्रिक गणनाको आधारमा मात्र गजल-गजल रहन सक्दैन ।
यही शृङ्खलाको सेरोफेरोमा यहुका स्थानीय पत्रपत्रिकातिर कैंयौ गजलहरु देख्न पाईन्छ । गजल सिर्जना गर्नु आफैमा प्रशंसनीय काम हो तर गजल सिर्जना गर्नुहुने महानुभावहरुले गजल सिर्जना गर्दा गजल सम्बन्धि सामान्य नियमलाई समेत ख्याल नगरेको पाईन्छ । गजल शास्त्रीयनियममा रहेर लेखिने विधा हो । जसमा लघुता गेयता सरलता प्रतिकात्मता शालिनता जस्ता विशेषताहरु अनिवार्य हुन्छन् । गजलको सामान्य संरचनामा पनि ख्याल नगरी रचिएको गजल अन्ततःफजलमा रुपान्तर हुन्छ । केही नमूना हेरौं ।
धेरै कुरंे साँझ विहान तिमीलाई पधेँरीमा
दुस्मनले सिमा मिच्दा भूलिबसंे किन

देउरालीमा सबैकुरा पोख्छु भन्थे पहिले
भेटहुनुपूर्व मनका धड्कन बढ्दैछ किन
सन्ध्या मगर
त्यस्तै अर्काे शेर अवलोकन गरौं ।

तिमीलाई सोच्थें पहिला सपनीमा
आज विपनीमा भेटें अनि सम्झें
असल एकल यात्री
स्थानीय पत्र-पत्रिकामा गजल शिर्षक दिएर प्रकाशित भएका प्रस्तुत रचनाहरु त फजल पनि होईनन् । बरु यस्ता रचनाहरुलाई गीत या कविता चाँही भन्न सकिन्छ । यस्ता रचनाहरुमा सम्पादकज्यूको आँखा नजानु दुःखको कुरा हो । यसको मतलब नयाँ सर्जकहरुलाई हतोत्साहित गराउने मेरो उद्देश्य होईन । गजल लेख्ने महानुभावहरुले गजल संरचनाको सामान्य जानकारी राख्नुपर्छ है भन्ने मेरो आग्रह मात्र हो ।
त्यस्तै अर्को गजल ः
एकमाथि अर्काे चोट थपिरहन्छ सधैं
अस्ताउँदो लालीघामको उदय रैुछ जीवन

हजारथरी सपनाहरु आँखाभरि सजाएुिन
भत्किएको बाटोमा गरिएको यात्रा रैुछ जीवन
साङ्गे लामा
प्रस्तुत गजल शिर्षक दिएर प्र्रकाशित भएको रचनामा पहिलो शेरको दोश्रो मिसरामा आएको उदय गजलको काफिया हो भने रैुछ जीवन रदिफ हो । यहाँ स्पष्टै देखिन्छ दोश्रो शेरमा काफिया नै छैन । गजल भनेर रचनागर्दा काफिया नभएको रचना गजल हुन सक्दैन । गजल स्रष्टाले यस्ता पक्षहरुमा ध्यान दिनु पर्दछ ।
सातौं शताब्दीतिर अरबी मुलबाट लेखन आरम्भ भएकॊ गजल उर्दु हिन्दी हुँदै वि।स।१९३८मा यूवाकवि मोतिराम भट्टले नेपाली साहित्याकासमा िभœयाएका थिए । वि।स।१९९६ सम्म तीव्र रुपले विकास भएको गजल त्यसपश्चात् झण्डै तीन दशकसम्म ओझेल परेको थियो । यसरी छाँयामा परेको गजललाई वि।स।२०३६ मा ज्ञानुवाकर पौडेलले गजल सिर्जना गरी पुर्नजागृत गराई हामीमा ठूलो गुन लगाएका छन् । त्यसपछी गजलले पछाडि फर्केर हेर्नुपरेको छैन त्यसैले वि।स।२०३६ सालतिरको समयलाई नेपाली गजल इतिहासमा गजलको पुर्नजागरण काल भनिन्छ ।
अरबी भाषामा गजलको शाब्दिक अर्थ यस्तो हुन्छ ।
ग=वाणीज=स्त्रीअल्=वार्तालाप
अर्थात् नारीसँग गरिने प्रेममय वार्तालाप नै गजल हो । सुरु सुरुमा गजल प्रेम र नसाका विषयहरुमा लेखिए पनि हाल आएर गजलले समसामयिक राजनिति सामाजिकलगायत अन्य विषयहरुमा शसक्त रुपमा बोल्न थालेका छन् । गजल सिर्जना गर्दा मात्रा मिलाएर गरिनुपर्छ । शेरको पहिलो हरफ मिस्रा ए उला मा जति मात्रा छन् दोश्रो हरफ मिस्रा ए सानी मा पनि उत्ति नै मात्रा हुनुपर्दछ । तर हाल आएर केही गजलकारहरुले मात्रा नमिलाई गजलसिर्जना गरेका छन् जसवाट गजलको वाचन र गायन पक्ष कमजोर हुनपुगेको छ । फलस्वरुप यसको सुन्दरतामा पनि कमी आएको देखिन्छ । तसर्थ गजलको संरचनाको वारेमा छोटकरीमा केही वुझौं ः

१ शेरः गजलका प्रत्येक जोडी पंक्ति अर्थात हरेक दुई हरफलाई शेर भनिन्छ । उदाहरण जस्तैः

समिपमा नआउ भो अव एक्लै वाँच्न सिक्छु
सामिप्यको गहिराई अव आफैं जांच्न सिक्छु
अपराजित
२ रदिफः मत्लाका दुवै मिस्रा र अन्य शेरहरुको मिस्रा-ए-सानीमा काफियाभन्दा पछि प्रयोग हुने उहि अक्षर वा अक्षर समूह रदिफ हो । यो काफियाको ठिक पछाडि प्रयोग हुन्छ । रदिफ विना पनि गजल लेख्न सकिन्छ । रदिफ प्रयोग भएको एउटा गजल हेरौं ।
बनाई झर्को अरुलाई चलेर नवस भो
खेपाई सास्ती झनै अहो ! छलेर नवस भो
प्रतिमा न्यौपाने
यस शेरमादुवै शेरमा आएको ुनवस भोु रदिफ हुन ।
३ काफिया ः काफिया गजलको मुटु हो । यो विना गजलको कल्पना पनि सम्भव छैन । रदिफभन्दा अगाडि प्रयोग हुने अनुप्रासयुक्त अक्षर वा अक्षर समूहलाई काफिया भनिन्छ । एउटै गजलमा काफिया दोहोर् याएर लेखिदैन !
भो भयो भन्दै टारेको जिन्दगी यो
आफ्नै प्रेममा हारेको जिन्दगी यो
प्रुेस आजाद
प्रस्तुत शेरमा टारेको हारेको काफिया हुन् । जुन अनुप्रासयुक्त छन् ।
४मत्ला ः गजलको पहिलो शेरलाई मत्ला भनिन्छ । मत्ला भन्नाले प्रारम्भ भन्ने बुझिन्छ । एउटै गजलमा दुई शेरका मत्ला पनि हुन्छन् । मत्लाका दुवै मिस्रामा प्रायः रदिफ र काफियाप्रयोग हुन्छन् ।
अतालिन्छ मन मेरो हावाले झंै झोकािदंदा
वेहोसिएँ मेरो माया लत्याएर धोकािदंदा
अनुषा गौतम
प्रस्तुत शेर गजलको मत्ला शेर हो । जहाँ शेरको दुवै मिस्रामा रदिफ र काफियाप्रयोग हु्न्छ ।
५ मक्ता ः गजलको अन्तिम शेर मक्ता हो । यसले समाप्ती भन्ने बुझाउँछ एउटा मक्ता शेरको अवलोकन गरौं ।
टाढा हुँदा बढेको त्यो पिर व्यथा विसाउन
सारंगी म बनिदिन्छु रेट्न आउ गोधँुलीमा
-रचना थापा
प्रस्तुत शेर गजलको मक्ता शेर हो ।
६ तखल्लुस ः तखल्लुस भन्नु नै गजलकारको नाम वा उपनाम हो । यो प्रायःगजलमा चमत्कार ल्याउन प्रसंग मिलाएर राख्ने गरिन्छ । द्धिअर्थ लाग्ने गरी तखल्लुस प्रयोग गरे झन् राम्रो हुन्छ । यो गजलको अनिवार्य तत्व भने होईन ।
साँच्चै सानु हाम्रो मिलन देखेपछि आज
रमाएर ुचन्द्रु ले पनि नसा पिउँदैछ हेर ।
चन्द्र थिङ
७ बहर ः यो गजलको अनिवार्य तत्वहो । बहर विना गजलको रचना सम्भव छैन । बहर भन्नु नै गेयता र गजलको अनुशासन हो । वहर भन्नु नै छन्द हो । गजल साहित्य र संगीत संग सम्बन्धित विधा भएकोले गजल गाउन सजिलो होस् भन्ने हेतुले गेयतालाई मध्यनजर गर्दै वहरको मान्यतामा गजलको निर्माण गर्नुपर्छ ।

जिल्लामा साहित्यको गजल विधा जति फस्टायो । र जति फस्टाउने अवस्थामा छन् ति सबै सन्तोषजनक रहेका छन् । जिल्लाबाट प्रकाशित साहित्यिक पत्रिकाहरुमा स्पन्दन साहित्यिक मासिक जमघट द्वैमासिकलगायतले जिल्लाका गजलस्रष्टाका गजलहरुलाई प्राथमिकता दिएर प्रंकाशित गर्नुले पनि गजलको उत्थानमा पत्रिकाहरुको योगदान छ । जिल्लाका विभिन्न विद्यालयहरुमा पनि गजलको क्रेज बढ्दो अवस्थामा रहेकाले सिन्धुपाल्चोकमा गजलको भविष्य उँचो देखिन्छ ।

लेखक गजल सिन्धु सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष हुन् ।